
टोखा नगरपालिकामा नगरस्तरीय स्वास्थ्यकर खाध्य पदार्थ खरिद तथा बिक्रि वितरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल अस्पताल को प्राबिधिक सहयोगमा टोखा नगरपालिका द्वारा आयोजना भएको कार्यक्रममा नगर भित्र स्वस्थकर खाध्य पदार्थको उपलब्धता र उपभोगको वृद्धि सम्बन्धि मापदण्ड,नीति र कार्वान्यन का पक्षमा अभिमुखीकरण भएको थियो ।

नगर उप प्रमुख मुरारी तामांग, प्रशासकिय अधिकृत शेर बहादुर बि सि, स्वास्थ्य शाखा लगाएत अन्य शाखा का प्रमुख तथा कर्मचारीहरु का साथै वडाका वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु को उपस्थिति रहेको सो कार्यक्रम नगरपालिका भित्र संचालित सबै सार्बजनिक संस्थाहरु मा गुणस्तरीय स्वस्थकर खाध्य पदार्थ को उपलब्धता र उपभोगमा वृद्धि गरि उपभोक्ता माझ जनचेतना फैलाउदै खरिद बिक्रि तथा वितरण का लागि मार्ग दर्शन गर्ने ,गराउने उदेश्यले संचालन गरिएको थियो । 
आर्थिक तथा प्राबिधिक सहयोग गरेको धुलिखेल अस्पतालका तर्फ बाट उपस्थित डाक्टर तथा स्वास्थ्यकर्मीले स्वस्थकर खाध्य पदार्थ,कार्य योजना र नगरपालिका संगको सहकार्य सम्बन्धि आफ्नो विवरण प्रस्तुत गर्नु भएको थियो भने नगरपालिकाले स्वस्थकर खाध्य पदार्थ को खरिद तथा बिक्रि वितरण मापदण्ड २०८० बनाइ सकेको र दशौ कार्यपालिका बैठक बाट पारित समेत भइसकेको ले अब कार्यन्वयन को चरण मा रहेको जानकारी प्रमुख प्रशासकीय अधिकृत बि. सि. ले गराउनु भएको थियो ।

नगरपालिका को स्वास्थ्य शाखा को समन्वयमा भएको कार्यक्रममा मुख्य गरि नगरपालिका तथा वडा भित्र का सार्वजनिक स्थानका रुपमा रहने सामुदायिक तथा निजि विद्यालय लगाएत सरकारी अस्पताल, सरकारी कार्यालय ,स्याहार केन्द्रहरु तथा सुधार केन्द्रहरु आदि जस्ता ठाउ तथा आसपास का क्षेत्र मा प्राप्त हुने खाध्य पदार्थ तथा तैयारी खाध्य पदार्थहरु अस्वस्थकर हुने भएकाले स्वस्थकर खाध्य पदार्थ को उपलब्धता को व्यवस्था र सचेतनामा वृद्धि गर्दै मापदण्ड र नीति कार्वान्यन को पक्षमा सबै ले भूमिका निभाउनु पर्ने बिषयमा छलफल भएको थियो ।
