
नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटीले चितवन एफसीलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो । गोलमा इमोह एजेकेल, दिनेश हेमजन र इबुकेबेबीच राम्रो तालमेल मिलेको थियो । एजेकेलले बायाँ भागबाट दिनेशलाई पास दिए । दिनेशले दिएको पासमा सिक्स यार्ड बक्समा रहेका इबुकेबेले वान टच गोल गरे ।
