

स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा का साथ् टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० को शुरुवात भएको छ । टोखा नगरपालिकाको आयोजनामा पांच दिन सम्म चल्ने प्रतियोगिताको आज फ्लोरोसेन्ट माध्यमिक विद्यालय,टोखा ८ को प्रांगणमा उद्घाटन भएको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रने प्रतियोगिताको नगर प्रमुख प्रकाश अधिकारीले बिरुवामा पनि सिंचित गर्दै ओलम्पिक ल्याम्प प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।नगर प्रमुख प्रकाश अधिकारी को सभापतित्वमा भएको उद्घाटन समाहरोहमा नगरपालिकाका तर्फ बाट प्रशासकिय अधिकृत शेर बहादुर बि. सी., शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख बाबुराम गौतम लगायत नगरका जनप्रतिनिधिहरु साथै बिद्यालयका शिक्षक एबं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


मंसिर ३० गतेबाट सुरु भएको प्रतियोगिता पुष ४ गते सम्म चल्ने छ भने प्रतियोगितामा एथलेटिक्स, भलिवल, कबड्डी र मार्शल आर्ट्स गरि चार विधाका खेलहरु संचालन हुनेछन । प्रतियोगिता को संयोजक सरोज कुमार पाण्डे रहनु भएको छ ।

फरक फरक स्थानमा हुने खेलहरुमा तेक्वान्दो फ्लोरोसेन्ट माध्यमिक विद्यालय, कराते तथा उसु जालुपा चोक कराते हल, कबड्डी ग्लोवल स्कुल, र त्यसैगरी भलिबल एबं एथलेटिक्सका खेलहरु भुतखेल खेलमैदानमा सञ्चालन हुने छन । हरेक दिन १० बजे देखि ४ बजे सम्म खेलहरु संचालन हुनेछन।
आजको उद्घाटन सत्र को शुभारम्भमा काठमान्डू ग्लोबल स्कुलले स्वागत नृत्य र मनोहर मा बि का छात्र छात्रा बाट मार्च पास गरिएको थियो । प्रतियोगिता को समापन समाहरोह पौष ४ गते ग्लोबल स्कुलमा हुने छ ।

