Monday, August 24

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई चिह्न प्रदान गरेको छ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई चुनाव चिह्न प्रदान गरेको हो।

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन्। ती दललाई २०७९ को प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रम संख्या पनि निर्धारण गरेको आयोगले जनाएको छ।