Sunday, April 19

टोखा नगरपालिका वडा १ नं.को आयोजनामा बृहद सरसफाइ कार्यक्रम सम्पन्न

टोखा नगरपालिका वडा १ नं.को कार्यालय द्वारा  आयोजनामा गरिएको बृहद सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, स्वास्थ्य स्वयंसेविका  तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

शुक्रबार बिहान गरिएको सरसफाइ कार्यक्रम टोखा नगरपालिका वडा १ नं  मा रहेका मन्दिरहरु  गुप्तेस्वर,देविस्थान,नारायणेश्वर र गौतमेश्वर मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो ।

स्थानीय पर्यटन प्रवर्द्धन तथा ब्यबस्थापन गर्न, सास्कृतिक सम्पदाहरुको सरक्षण र संवर्द्वन गर्न तथा पर्यावरणीय बातावरण स्वच्छ र सफा राख्नका निमित्त उक्त कार्यक्रम आयोजना गरियको जानकारी गराउनु भयको छ भने मन्दिर परिसरमा डस्टविन समेत राखिएको छ ।