Saturday, April 18

बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

मोरङमा बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको आरोपमा प्रहरीले जहदा-१ का २० वर्षीय अभिषेक यादव,१९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो ।

जहदा-१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको  देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

सुरुमा प्रहरीले अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।  प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालकलाई विराटनगर–१८ बाट सकुशल उद्धार गरेको छ । डीएसपी दाहालका अनुसार जहदा-१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए ।