Monday, August 24

अछाममा आगलागीमा परी दुई जना  बालबालिकाको मृत्यु

अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।

बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरूता बुढा र ३ वर्षीय अंकीत बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए।