Tuesday, April 14

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । हिजो बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको थियो ।

उहाँले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताउनुभएको थियो । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।

संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गो लगाउने भएको छ ।