Sunday, April 12

तेस्रो हप्ता विष्णुमती नदि सरसफाई गर्दै टोखा नगरपालिका

टोखा नगरपालिकाले आज तेस्रो हप्ता  शनिबार पनि  विष्णुमती नदि क्षेत्रमा  सरसफाई गरेको छ । हरेक शनिबार विष्णुमती साङ्गले खोला  लगाएत का नदीनाला लाइ  नियमित सरसफाई गर्ने अभियान स्वरूप आज पनि सरसफाई गरेको हो  ।

आज बिहान ६.३० बजे टोखाको ११ वडा कार्यालय  अगाडी क्षेत्रबाट सरसफाई अभियान शुभारम्भ  गरिएको थियो ।नगर क्षेत्र लाइ स्वच्छ सफा राख्ने अभियान स्वरूप नगरपालिका ले चलाएको यो महाअभियान मा नगरपालिकाका सबै वडाका जनप्रतिनिधि तथा स्थानीयबासी र कर्मचारी एबं स्वयंसेवीहरु सबैको सक्रिय सहभागिता  रहदै आएको छ ।

नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान सुचारु गरेको थियो ।कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउने अभिप्रायले  निरन्तर चल्ने  यो महाअभियानमा सक्रिय  सहभागी हुन नगरवासी तथा सम्बन्धित सबैमा  नगरपालिकाले अनुरोध समेत गरेको छ ।