Monday, August 24

खोलाले बगाएका मुर्मुको शव भेटियो, एक बालकको खोजी तीव्र

झापाको गौरीगन्ज गाँउपालिकामा कमल खोलाले बगाएर बिहीबारदेखि बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ। 

गौरीगन्ज गापालिका माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई सानो कमल खोलाले बिहीबार दिउँसो करिब ३ बजे बगाएको थियो। प्रहरीका अनुसार नुहाउन खोलामा पसेका मुर्मुलाई खोलाले बगाएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मुर्मुको शव शुक्रबार बिहान बगाएको भन्दा पाँच सय मिटर टाढा घोप्टो परेको अवस्थामा भेटिएको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएका एक बालक शुक्रबार अबेरसम्म फेला पर्न नसकेको प्रहरीको भनाइ छ। तीन दिनदेखि १२ वर्षीय मिलन बिकको अवस्था अज्ञात छ।