Friday, May 22

भब्य रुपमा मनायो टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस

टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सब भब्य रुपमा मनाएको छ । टोखा नगरपालिका कृषी विकास शाखाको आयोजनामा टोखा नगरपालिका वडा ०२ अवस्थित आरानडोलमा २१ औं राष्ट्रिय धान दिवस भब्य रुपमा मनाएको हो ।

उक्त कार्यक्रमा टोखा नगरपालिका का नगर प्रमुख श्री प्रकाश अधिकारी, नगर- उप प्रमुख श्री मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, विभिन्न वडाका वडा अध्यक्ष , जनप्रतिनिधि ज्यूहरु, कृषक समूहका पदाधिकारीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी को  सहभागिता रहको थियो  । 

नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ।

आज भएको यस रोपाइँ  कार्यक्रममा स्थानीय दिदि बहिनिहरु ले नरसिंहा बाजा बजाउनु भएको थियो  भने असारे  भाका पनि घन्केको थियो ।