गौतमेस्वर मृत्यु संस्कार समाज को पहिलो साधारणसभा भब्यताका सम्पन्न
टोखा नगरपालिका वडा नं १ मा अवस्थित सामाजिक संस्था "गौतमेस्वर मृत्यु संस्कार समाज" को पहिलो साधारणसभा भब्यताका साथ टोखा नगरपालिका वडा नं १ को पब्लिक बोर्डिङ स्कुल मा सम्पन्न भएको छ।
प्रमुख अतिथि टोखा नगरपालिका वडा नं१ का वडा अध्यक्ष रमेश कुमार लामिछने ,विशेष अतिथिमा जिल्ला समन्वय समिती सदस्य राजकुमार बिडारी तथा विभिन्न सामाजिक संघ संस्था मा आबद्ध सामाजिक ब्याक्तित्व तथा गन्यमान्य को बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्था का सदस्य संतोष दुलालले राख्नु भयो भने कार्यक्रम संचालन संस्था कै सचिव धुर्ब दुलाल ले गर्नु भएको थियो।कार्यक्रम मा रक्तदान कार्यक्रम पनि समाबेश गरिएको थियो जुन कार्यक्रम लायन्स क्लब अफ काठमाडौ ले गरेको थियो ,सहज कर्ता श्रमिक सहकारी संस्था रहेको थियो।
धेरै ब्यक्तिहरुले रक्तदान गरेर सहयोग गर्नु भएको थियो।त्यस्तै सम्पूर्ण अतिथिहरुको एउटै भनाई थ...









