Wednesday, April 22

Author: टोखा खबर

काठमाडौँ नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

काठमाडौँ नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

गतिविधि, समाचार
काठमाडौँको नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो । कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।...
नेपालमा हाल सम्म चार वटा मात्र सामाजिक संजाल सूचीकरण,अन्य ठुला भनिएका द्वारा भने अझै अटेर

नेपालमा हाल सम्म चार वटा मात्र सामाजिक संजाल सूचीकरण,अन्य ठुला भनिएका द्वारा भने अझै अटेर

समाचार
नियमनका लागि  सरकारले पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पत्राचार गरे पनि हाल सम्म चार वटा मात्रै सामाजिक सञ्जालहरुले  सुचिकृत गरेका छन्, अन्यले भने अटेर गरेका छन् । ४० वटाभन्दा बढी सामाजिक सञ्जालहरु नेपाल भित्र अधिक प्रयोगमा छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सूचीकृत हुनेमा भाइबर, विइटक, टिकटक, निम्बज नेपालको कानुनअनुसार सूचीकृत भएका छन्  भने मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेडस सूचीकरण भएका छैनन । त्यस्तै विश्वकै धनी इलन मास्कको एक्स (पुरानो ट्विटर), स्न्यापच्याट, लिङदिन, विइच्याट, युटुब, टेलिग्राम, ट्रुथ, ग्रेटर, रेिडट, लाइन लगायत नेपालमा सञ्चालित छन् । यी पनि नेपालको कानुनअनुसार सञ्चार मन्त्रालयमा सूचीकृत हुन अटेर गरिरहेका छन् । इलेक्ट्रोनिक कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्द...
यस वर्षको  हिमाल आरोहणबाट हाल सम्म ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन

यस वर्षको हिमाल आरोहणबाट हाल सम्म ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन

बिशेष, समाचार
काठमाडौँ- यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् । वसन्त...
पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

समाचार
भारत र पाकिस्तानबीच ८६ घण्टा लामो युद्ध शनिबार साँझ ५ बजे समाप्त भएको ३ घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ। जम्मू कश्मीरमा सीमापार पाकिस्तानको उत्तेजक गतिविधि फेरि एकपटक तीव्र भएको भारतीय संचारमध्यमले जनाएका छन् । शनिबार राति पाकिस्तानले धेरै गोलीबारी गरेको र कश्मीरको बारामुल्ला जिल्लामा एक शंकास्पद ड्रोनका कारण विस्फोट भएको भारतीय संचारमध्यमहरुले जनाएका छन्। आजतकका अनुसार, पाकिस्तानले अखनूर, राजौरी र आरएसपुरा अन्तर्राष्ट्रिय सीमामा तोपखाना प्रहार गरेको छ। यस्तै सोही समयमा बारामुल्लामा ड्रोन आक्रमण गरेको छ। बारामुल्लामा ब्ल्याकआउट भएको र श्रीनगरका धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द भएको छ। यसबाहेक राजौरीमा पनि गोलीबारी भएको रिपोर्ट आएको बताइएको छ।...
टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियो सहित)

टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियो सहित)

टोखा खबर, श्रव्यदृश्य
नेपालको भजन इतिहासमा पहिलोपटक एक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखराको गण्डकी कोटिहोममा विशेष समारोहबीच सार्वजनिक भएको छ। टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको भावपूर्ण स्वरमा रेकर्ड गरिएको यो भजनले प्रशासन, धर्म र संगीतको अनौठो समन्वय प्रस्तुत गरेको छ। ‘बिष्णु माया पौडेल युट्युब च्यानल’ मार्फत दिउँसो १:१५ बजे सार्वजनिक यो भजन भिडियोले संगीत, अध्यात्म र सामाजिक भावनालाई एकैसाथ जोडेको छ। सार्वजनिक समारोहमा बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजले भजनको विमोचन गर्नु भएको थियो। भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीले गरेका छन्। गायनमा बिसीसँगै बिष्णु माया पौडेल र कोरसमा आरबी केसी तथा हेमन्त भट्टराईको सहभागिता रहेको छ । ८ मिनेट ५० सेकेन्डको यो भजनको भिडियोमा कमल ढकालको मुख्य अभिनय रहेको छ। कोरियो...
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

समाचार
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । उता भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दु...
नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा गर्ने दक्षिण एशियाकै पहिलो देश:राष्ट्रपति रामचन्द्र पौडेल

नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा गर्ने दक्षिण एशियाकै पहिलो देश:राष्ट्रपति रामचन्द्र पौडेल

बिशेष, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको  दक्षिण एशियाकै पहिलो देश भएको बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले सूचना लोकतन्त्रको प्राणवायु भएको र सुसूचित समाजले मात्र लोकतन्त्रलाई जीवन्त बनाउने बताउनु भएको छ । नेपालको  संविधानको धारा २७ मार्फत सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । राष्ट्रपति पौडेलले नागरिकको करबाट सङ्कलित सार्वजनिक कोषको खर्च र सरकारका कामकारबाही नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनु भएको छ । सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने र पारदर्शिता तथा जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधार भएको उहाको भनाइ थियो। राष्ट्रपति पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए कुशासन मौलाउने, विधिको शासन अवरुद्ध ...
सरकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

सरकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

बिशेष
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन्। बिमा रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने उनले चेतावनी दिए। बिमा बोर्डले दाबी भुक्तानी छिट्टै फरफारक गर्ने र हालै ४ अर्ब भुक्तानी भइसकेको, बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने उनले जानकारी दिए। सरकारले बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पौडेलले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, सेना र प्रहरीको कल्याणकारी कोषलगायतका बिमा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताए। बजेट अभावले कार्यक्रम सञ्चालनमा समस्या भएको स्वीकार गर्दै उनले गत वर्ष ७.५ अर्ब छुट्याइए पनि १ खर्ब आवश्यक रहेको र स्रोत व्यवस्थापनमा सरकार लागिरहेको बताए।...
सभामुख घिमिरेले भारतको किट विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थीको विषयमा छानविन गर्न सरकारलाई निर्देशन

सभामुख घिमिरेले भारतको किट विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थीको विषयमा छानविन गर्न सरकारलाई निर्देशन

समाचार
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा ने पाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को घटनाले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको विषय भएको भन्दै सरकारलाई यस घटनाको सत्यतथ्य पत्तालगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिनुभएको हो । बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो । सांसदहरु देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइराला, लगाय...
धनकुटाको गोठगाउँमा दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

धनकुटाको गोठगाउँमा दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

समाचार
काठमाडौँ- सुनसरीको धरानबाट भोजपर तर्फ जादै गरेको यात्रु बाहक बस आज बिहान धनकुटा ६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । को १ ख २१७७ नंबरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धनकुटा बजारबाट करिब ३ किलोमीटरको दुरीमा सडकबाट करिब ५० मीटर तल खसेर दुर्घटना भएको जनाइएको छ । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।।...