Monday, October 26

Author: टोखा खबर

मौसम पूर्वानुमान : यी प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

#
२४ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ तथा देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ । उता राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भने,मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम...
संघीय संसद्को दुवै सदनबाट बजेट पारित

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

#
२३ असार, काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभामा प्राप्त विनियोजन विधेयक,२०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेको बजेट । प्रस्ताव बहुमतले पारित भएको हो ।यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरेका थिए ।...
काममा ‘ब्रेक–थ्रु’ गर्न प्रजिअहरूलाई निर्देशन दिइसकेँ : गृहमन्त्री सुदन गुरुङ

काममा ‘ब्रेक–थ्रु’ गर्न प्रजिअहरूलाई निर्देशन दिइसकेँ : गृहमन्त्री सुदन गुरुङ

#
२३ असार, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलवार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्। गृहमन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सिमित नराखी मानवअधिकार र कानूनी राज्यको भावना अनुरूप परिष्कृत गरिने बताए। अबको गृह प्रशासनले कागजी आश्वासन र भाषणभन्दा पनि नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा दिने उनको जिकिर छ । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाकाभूकम्प प्रभावित क्षेत्रमा घर पुनःनिर्माण, रेट्रोफिटिङ र न्य मर्मत गर्नुपर्ने देखिएको पनि उनले बताए । विगतदेखि सञ्चालित पुनःनिर्माणका कार्यहरू हालसम्म सम्प...
निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

#
२३ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सो विषय उजागर गरेका हुन् । काठमाडौं–तराई द्रुतमार्ग बारे बोल्दै मन्त्री लम्सालले हाल जिरो प्वाइन्ट लगायतका धेरै समस्याहरू समाधानको अन्तिम चरणमा पुगेको स्पष्ट पारे । पाल्पाको सिद्धबाबा खण्ड लगायतका सडकमा बजेट अभाव भएको भन्ने सांसदहरूको जिज्ञासामा मन्त्री लम्सालले अत्यावश्यक सडकहरूका लागि कार्यविधिअनुसार बजेट व्यवस्थापन गरिने आश्वासन दिए । ‘पालिकास्तरका सडक मर्मत तथा निर्माणका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । कार्यपालिकाले पारित गरेका र धेरै जनसंख्याले प्रयोग गर्ने सडकलाई प्राथमिकता दिएर बजेट कार्यान्वयन गरिनेछ,’ मन्त्री लम्स...
नेप्सेमा सुधार,२४ दशमलव ५७ अङ्कले बृद्धि

नेप्सेमा सुधार,२४ दशमलव ५७ अङ्कले बृद्धि

#
२३ असार,काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ। यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ।भने, सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ। आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ वटै उपसमूहको सेयर बढेको छ।...
अब विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक

अब विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक

शिक्षा
२३ असार,काठमाडौं । सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ । गत बिहीबार स्वीकृत शिक्षा नियमावली १० औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ । ‘विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा पाँच वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्यता नलिएको,’ संशोधित नियमावलीमा भनिएको छ । भ्रष्टाचार,जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार,तोडफोड तथा आगजनी,लागुऔषध बिक्री (वितरण तथा ओसारपसार,सम्पत्ति शुद्धीकरण,अवैध रूपमा वन्यजन्तु ओसारपसार,सङ्गठित अपराध,राहदानी दुरुपयोग, जातीय भेदभाव तथा छुवाछुत,अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति पनि समितिको अध्यक्ष र सदस्य हुन पाउने छैनन् । विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको ...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र

#
२३ असार,काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । विभागले सोमवार बुढानीलकण्ठस्थित देउवाको घर पुगेर बयानका लागि आउनू भनी घरमा पत्र टाँसेको छ ।पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको स्पष्ट उल्लेख गरिएको छ । देउवाका छोरा जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुृद्धिकरण विभागलगायतका निकायमा उजुरी परेको छ ।तसर्थ अनुसन्धानका लागि उनका नाममा बयान लिन पुर्जी काटिएको स्रोतको भनाइ छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान प्रकृया थालिसकेको छ ।  ...
बालबालिकाको मुख स्वास्थ्यका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सुरु गरिदैं

बालबालिकाको मुख स्वास्थ्यका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सुरु गरिदैं

#
२२ असार, काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले देशभरका ५० हजार बालबालिकाको मुख स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘५० हजार स्माइल्स नेपाल’अभियान सञ्चालन गर्ने भएको छ। रोटरीको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीले कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र बीएम फाउन्डेसनसँगको सहकार्यमा सो अभियान सञ्चालन गर्न लागेको हो । उक्त अभियान १ जुलाई २०२६ देखि ३१ जुन २०२७ सम्म सञ्चालन हुने बीएम फाउन्डेसनका अध्यक्ष एवम् रोटरी डिस्ट्रिक्टको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका सदस्य डा.बुद्धिमान रोटरीयन डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । अभियानअन्तर्गत देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने परियोजना संयोजक समेत रहेका उनको भनाइ छ। ‘क्र...
सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

#
२२ असार,काठमाडौं ।सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ । सोमबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा उक्त प्रावधान राख्न लागिएको बताए । सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताए । मन्त्री पौडेलले हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए । पर्यटन प्रवर्द्धनका लागि सरकारी,निजी,गैर–सरकारी,दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।  ...
कांग्रेसको प्रश्न : यो देश कालो चश्मा,कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेको मात्र हो ?

कांग्रेसको प्रश्न : यो देश कालो चश्मा,कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेको मात्र हो ?

#
२२ असार,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेहरूको मात्र नभएको टिप्पणी गरेका छन्। सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। सुकुमवासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गर्दै उनले समाधानको नाममा हजारौँ सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको आरोप लगाए। व्यवस्थापनको नाममा सुकुमवासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने र पछि रातारात धपाउने कुरा उचित नभएको उनको तर्क छ । नेता आङदेम्बेले यो देश सुकुमवासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? भन्दै प्रश्न समेत गरेका छन् ।...