रोटरी क्लब अफ काठमाडौं नर्थको ३३ औँ पदस्थापना सम्पन्न, प्रभावमुखी सेवा परियोजनामा जोड
२२ असार, काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थको ३३ औँ पदस्थापना तथा रोटरी वर्ष २०२६–२७ का नयाँ नेतृत्वको सपथ तथा पदभार ग्रहण समारोह सम्पन्न भएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर नोमिनी (डिजिएन ) रोटेरियन अमित गिरिको प्रमुख आतिथ्यता तथा क्लबका नवनिर्वाचित प्रेसिडेन्ट रोटेरियन सीता पौडेलको अध्यक्षतामा शनिबार धुम्बाराहीस्थित होटल रमादामा सो समारोह सम्पन्न भएको हो ।
रोटरी वर्ष २०२६–२७ का असिस्टेन्ट गभर्नर रोटेरियन ज्ञानेन्द्र भारी तथा निवर्तमान असिस्टेन्ट गभर्नर रोटेरियन मञ्जु धमला र क्लबका इमिडियट पास्ट प्रेसिडेन्ट रोटेरियन प्रदीप थापा विषेश अतिथिको रुपमा रहेका थिए ।
क्लबका पूर्व प्रेसिडेन्टहरु, रोटेरियनहरू,रोटरी परिवार,रोटर्याक्ट तथा इन्टर्याक्टक्लबका प्रतिनिधिहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको सो समारोहमा प्रमुख अतिथि डिजिएन गिरीले नवनिर्व...










