नेपाल कम्युनिस्ट पाटी (माओबादी) का युवा नेताहरु नेपाली कम्युनिस्ट पाटीमा समायोजन हुदै
नेपाल कम्युनिस्ट पाटी (माओबादी) का एकता पक्षधर समूहका युवा नेताहरु नेपाली कम्युनिस्ट पाटीमा समायोजन भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाडामा नेपाली कम्युनिस्ट संयोजक पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा युवाहरुले एकता गर्दै प्रवेश गरेका हुन ।
आज भएको कार्यक्रमबाट एकता गर्ने नेताहरुमा विप्लव निकट नेकपा माओवादीका केन्द्रीय कार्यालय सदस्य एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष रहेका चिरञ्जीवी ढकाल सहित आठ केन्दीय सदस्यहरु तथा अन्य कार्यकर्ताहरु समेत रहेका छन् ।
काठमाडौ क्षेत्र नं ६ का स्थायी बासिन्दा र अधिवक्ता समेत रहेका ढकाल बिध्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन । नेपाली कम्युनिस्ट पाटी बाट काठमाडौ क्षेत्र नं ६ मा हिमाल शर्मा चुनाब लड्दै छन् ।...









