Friday, October 23

Author: टोखा खबर

पोखरामा एलपी ग्यासको अभाव

पोखरामा एलपी ग्यासको अभाव

समाचार
१९ साउन,कास्की । देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तीव्र पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’ मा छड्के अनुगमन गरिएको थियो। उनले बाहिरका कम्पनीहरूले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गरेका छन्। बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गरे। उनले आगामी दुई–तीन दिनभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने दाबी समेत गरे। ‘हामीले ग्यास लुकाएका छैनौँ, आपूर्ति हुनासाथ वितरण गरिरहेका छौँ,’ बरालले भनिन्, ‘केही उपभ...
नबिल बैंक र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

नबिल बैंक र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

समाचार
१९ साउन,काठमाडौं ।नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्। भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् । शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ। यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ ।  अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्र्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यान...
मौसम पूर्वानुमान : आज यी  प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार
१९ साउन,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।  आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र तराई भू–भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी,बागमती,गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी,बागमती,गण्डकी र लुम्बिनी प...
मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

समाचार
१८ साउन,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक सरिसकेको छ। यसकै कारण देशभर साधारणतया बदली भएको छ।कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ । यसैगरी बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा पानी पर्नेछ।मधेस प्रदेशका साथै कोशी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी,बागमत...
ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

समाचार
१८ साउन, काठमाडौं ।पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ),वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्। क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ। उद्धारकर्ताहरूले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेका छन्। तर,प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना न्यून रहेको जनाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियानमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहस,व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ। क्लबल...
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

समाचार
१८ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार पक्राउ गरेको हो । उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका थिए ।हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेको बताएका थिए । प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्ने बताएका थिए।...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

समाचार
१८ साउन,काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले  आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ,डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो। योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं,पोखरा र दिपायलमा २ सय रुपैयाँ,सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ ।त्यस्तै,चारआली,विराटनगर,जकपुर,अमलेखगञ्ज,भलवारी,धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ।  ...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार
१५ साउन, काठमाडौं ।आज शुक्रबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ र देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ।देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी प्रदेशको पहाडी र तराई भूभाग,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल ...
निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

समाचार
१५ साउन,काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो।त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी,एक चिनियाँ,एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्...
रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

समाचार
१४ साउन,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम पौडेलले सरकारी कार्यालयहरूमा व्याप्त बेथिति,कर्मचारीको मनोमानी र ‘सर्भर डाउन’ का नाममा सर्वसाधारणले पाइरहेको सास्तीप्रति सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले सरकारले चुस्त सेवा दिने दाबी गरे पनि व्यवहारमा नागरिकले ठुलो कष्ट भोग्नुपरिरहेको बताए।सांसद पौडेलले सरकारी कार्यालयहरूमा ‘सर्भर डाउन’ को समस्या एउटा गम्भीर रोगको रूपमा देखा परेको उल्लेख गरे । ‘राहदानी निकाल्न जाँदा सर्भर डाउन, वडा कार्यालयमा सिफारिस लिन जाँदा सर्भर डाउन, नगरपालिका, यातायात र राजस्व तिर्न जाँदा पनि सर्भर डाउन,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘हामी डिजिटल युगको कुरा गरिरहेका छौँ, तर सामान्य सेवा पनि डिजिटल माध्यमबाट दिन सकिँदैन भने कसरी विश्वास गर्ने ?’ उनले यो समस्या दुई–चार मिनेट वा एक–दुई घण्टाको मात्र नभई हप्तौँसम्म रह...