Tuesday, April 21

Author: टोखा खबर

बिबिध कार्यक्रम सहित टोखा नगरपालिकाको १२ औ स्थापना दिवस सम्पन्न

बिबिध कार्यक्रम सहित टोखा नगरपालिकाको १२ औ स्थापना दिवस सम्पन्न

टोखा खबर
टोखा नगरपालिका ले १२ औ स्थापना दिवस मनाएको छ । नगरपालिकाको सभाहलमा बिबिध कार्यक्रमका साथ् आज  स्थापना दिवस मनाएको हो । बिहान १० बजे बाट नै सरसफाई सचेतना  एबं प्रभात फेरी कार्यक्रम संगै  सुरुवात भएको वार्षिकोत्सव कार्यक्रममा रक्तदान ,जेष्ठ नागरिक सम्मान, करदाता सम्मान,बक्तृत्व कला /धिमेबाजा /एस इ इ का  उत्कृष्ट बिधार्थी लगाएत अन्य व्यक्तित्वहरुलाइ बिबिध सम्मान तथा  सांस्कृतिक  कार्यक्रम  समेत भएका थिए । रक्तदान कार्यक्रममा नगर भित्रका ३९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । स्थापना दिवसकको अवसरमा नगरपालिकाले नगरपालिकाका स्थायी  बासिन्दाका रुपमा रहेका  गम्भीर तथा दिर्घ रोगीहरु लाइ ३५ हजार,किरिया पुत्री खर्च बापत १० हजार लगाएत अन्य महानुभाबहरुलाइ  बिबिध सहयोग स्वरूप रकम उपलब्ध गराउने कार्य समेत भएका थिए। फोटो फिचर सहित ...
तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री  थापाको धारणा

तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री थापाको धारणा

बिशेष
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर ब हादुर देउवा,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब नेतृत्व छाडनु पर्ने धारणा राख्नु भएको हो । समाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै महामन्त्री गगन थापाले वर्तमान अवस्था सुधारका लागि तीन शीर्ष नेताले तत्कालै नेतृत्व छाडनु पर्ने बताउनु भयो । थापाले जेनजीसँग सम्वाद अघि बढाउनुपर्ने धाराणा राख्दै जेनजी र आफुहरुले चाहेको सुशासन नै हो भन्दै त्यसका लागि सँगै मिलेर संवाद गरेर अघि बढनुपर्ने भन्दै सम्वादका लागि आग्रह समेत गर्नु भएको छ ।...
पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ

#, समाचार
काठमाडौँ – पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादु महरालाई भेपमार्फत सुन तस्करी प्रकरण अनुसन्धानका लागि प्रहरीले पुन: पक्राउ गरेको छ । महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आज दिउसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रकाउ गरेको सिआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठले नेपाल टिभी अनलाइनलाई जानाकारी दिनुभयो । ”उहाँलाई भेपमार्फत सुन तस्करी प्रकरण अनुसन्धानलका लागि काठमाडौँबाटै प्रकाउ गरिएको छ। यस विषयमा ब्युरोले थप अनुसन्धान गर्नुपर्ने भएकाले उहाँलाई नियन्त्रणमा लिइएको हो ” प्रवक्ता श्रेष्ठले भन्नु भयो ।...
जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

बिशेष, समाचार
तेल अभिव- इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनाम...
बाल बिकाश क्लब टोखाद्वारा  १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण शिबिर सम्पन्न

बाल बिकाश क्लब टोखाद्वारा १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण शिबिर सम्पन्न

टोखा खबर
नियमित स्वास्थ्य परिक्षण गरौ ,स्वस्थ तथा निरोगी रहौ भन्ने मूल नाराका साथ् टोखा २ स्थित बाल बिकाश क्लबले १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रम  सम्पन्न गरेको छ । स्थानीयका लागि हरेक हप्ता निशुल्क प्राथमिक स्वास्थ्य परिक्षण गराउदै आएको क्लबले आज पनि बिहान ७ देखि ९ बजे सम्म स्वास्थ्य परिक्षण शिबिर  संचालन गरेको हो । टोखा गणेस्थान स्थित क्लब परिसरमा आज आयोजित  शिबिरबाट प्राथमिक स्वास्थ्य परिक्षणमा १४४ जना र पिसाब सम्बन्धि चेक जाचमा ५४ जनाले लाभ लिएका छन । प्राथमिक स्वास्थ्य परिक्षण अन्तर्गत आज  सुगर, प्रेसर ,अक्सिजन लेभल जस्ता चेक जाच गरिएको र थप अतिरिक्त सेवा अन्तर्गत पिसाब सम्बन्धि चेक गरिएको क्लबका कोषाध्यक्ष रबिन्द्र डंगोलले बताउनु भयो । १०० हप्तामा प्रवेश गरेको अवसरमा  सिबिर कार्यक्रम संचालनका लागि स्वेच्छिक रुपमा आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्य...
नेपालको नयाँ अन्तरिम सरकारलाइ भारत द्वारा स्वागत

नेपालको नयाँ अन्तरिम सरकारलाइ भारत द्वारा स्वागत

समाचार
काठमाडौं : नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले नेपालमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास लिएको छ। विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।” भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ।...
नवनियुक्त प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद भंग, राष्ट्रपतिबाट सदर

नवनियुक्त प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद भंग, राष्ट्रपतिबाट सदर

समाचार
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद भंग गरेका हुन्। शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्। संसद विघटन गर्ने कार्की नेतृत्वको एक सदस्यीय मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले सदर गरेका हुन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति जुटेको थियो। प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ। राष्ट्रपति पौडेलले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आग...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की द्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ,६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की द्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ,६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी हुन् । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उनलाई नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा ६ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरिएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधी...
आज राति खग्रास चन्द्रग्रहण लाग्दै, राति १०ः१२ मा शुरु भइ १ः४१ मा अन्त्य हुने

आज राति खग्रास चन्द्रग्रहण लाग्दै, राति १०ः१२ मा शुरु भइ १ः४१ मा अन्त्य हुने

समाचार
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उहाँले सुनाउनुभयो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताउनुभयो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकि...
बाघको आक्रमणबाट बारामा फेरीअर्को एक जनाको मृत्यु

बाघको आक्रमणबाट बारामा फेरीअर्को एक जनाको मृत्यु

गतिविधि, समाचार
बारा- बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ । एक हप्ता नबित्दै बारा जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा बाघको आक्रमणबाट मृत्यु भएको हो । साइकल लिएर नजिकको प्रगतिशील सामुदायिक बनमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको घटनास्थल पुगेका जीतपुरसरिमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ । च्याउ टिप्न जङ्गल गएको साइकल र उनको सामाग्रीले देखिएको उनले बताउनु भएको छ । डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख राजीव झाले पटक पटक मानिसमाथि आक्रमण गरी मानवलाई खान थालेकाले नियन्त्रणका लागि डार्क टोली खटिसकेकोले चाडै नियन्त्रण गरिने बताउनु भएको छ । बारामा बाघको आक्रमणमा परी जीतपुर सिमरामा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको हप्ता दिन बित्न नपाउँदै यो घटना भएको हो । जीतपुर सिमरामा यो बर्ष तीन जनाको बाघको आक्...