Friday, October 23

Author: टोखा खबर

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

#
१२ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।  मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ। सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।...
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण

सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण

#
१२ साउन, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले मुख्य सहरी सडकको बिच भागमा रहेका तथा सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा असर पुर्‍याइरहेका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तहसँग समन्वय अघि बढाएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८÷३८४ को कार्यक्रम अन्तर्गत ‘स्थानीय निकायका मुख्य सहरको सडक बिचको पोल सिफ्टिङ तथा सडक सुरक्षा आयोजना सञ्चालन गर्न लागिएको हो। कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले आफ्नो क्षेत्र भित्र सडकको बीचमा रहेका, दुर्घटनाको जोखिम बढाइरहेका वा सडक विस्तारमा अवरोध गरिरहेका पोलको स्थान पहिचान गरी सम्बन्धित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रसँग समन्वय गर्नुपर्नेछ। प्राधिकरणले स्थानीय तह, सडक विभाग तथा अन्य सम्बन्धित निकायका योजना र कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव तयार गर्न आग्रह गरेको छ।प्रस्तावमा सम्बन्धित जिल्ला, स्थानीय तह, वडा, सडक वा स्थ...
साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

#
११ साउन, काठमाडौं ।साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएसँगै पशुपति क्षेत्र मा साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै

#
११ साउन, काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन गरिँदैछ । नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको सो सुरुङमार्ग निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको हो । आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुन् लागेको हो । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्...
रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

#
१० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ । घटनास्थलको सीसीक्यामेरामा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ । रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् । ‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन ।तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ । तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ वर्षीया ...
रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

स्थानीय
१० साउन,काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले २०० वटा फलफूलका बिरुवा रोपेको छ । “आजको एउटा बिरुवा,भोलिको सुन्दर भविष्य।” भन्ने नाराका साथ हरिशयनी एकादशीको अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनको सन्देश दिन क्लबले काठमाडौंको तारकेश्वर नगरपालिका ५, तिनपिप्लेमा ४ वटा रोट्¥याक्ट कलबसँगको सहकार्य र ग्रीन भ्याली ग्रीन नेपालसँगको समन्वयमा शनिबार सो वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको क्लब प्रेजिडेन्ट सीता पौडेलले जानकारी दिइन् । प्रेजिडेन्ट पौडेलका अनुसार रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी  “१ लाख बिरुवा रोपण अभियान ” लाई समेत सफल पार्न क्लबले अम्बा,अमला,लप्सी,जामुन,अबोगाडो लगायतका विभिन्न प्रजातिका फलफूल र ज्याक्राण्डा,तेजपत्ता,कपुर,चाँप,कल्की,पारिजात लगायतका फुल तथा वनस्पतिजन्य २०० वटा विरुवा रोपेको हो। सो वृक्षारोपणमा रोटेरियन,रोटर्याक्टर र स्थानीयहरुको सक...
बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

#
१० साउन, काठमाडौं ।आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ ।   ...
सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

#
१० साउन, सिन्धुपाल्चोक । मापदण्ड विपरीत र अनुमति नलिई सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालिमा सिल गरिएको जनाएको हो । अनुगमन क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र अनधिकृत ल्याब तथा एक्सरे सेवा सञ्चालन गरिरहेको पाइएको टोलीले उल्लेख गरेको छ । यसैबीच, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । कानुनी प्रक्रि...
बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

शिक्षा
१० साउन, काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउन सक्ने विपत्तिबारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपद्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइडमार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्रयाजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ । मानिसले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारी...
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

#
१० साउन, बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरुले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन् । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो । हिजो शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो ।  ...