Wednesday, April 22

Author: टोखा खबर

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

#
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।...
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा ८ जना घाइते

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा ८ जना घाइते

समाचार
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।  उपरीक्षक ढुङ्गेलले भन्नुभयो, “आज टुँडिखेलमा ठुलो सङ्ख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।” घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।...
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब  विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

खेलकुद, मनोरन्जन, समाचार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेशमाथि १२६ रनको फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए । ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए । मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए । आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए । ...

बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

कृषि, मनोरन्जन, विचार, समाचार, संस्कृति
मोरङमा बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको आरोपमा प्रहरीले जहदा-१ का २० वर्षीय अभिषेक यादव,१९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो । जहदा-१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको  देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सुरुमा प्रहरीले अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।  प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालकलाई विराटनगर–१८ बाट सकुशल उद्धार गरेको छ । डीएसपी दाहालका अनुसार जहदा-१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए ।...

सन्दीपलाई आठ वर्ष कैद सजाय

विचार, समाचार
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको काठमाडौँ जिल्ला अदालतका वैतनिक वकिल बुनु भण्डारीले जानकारी दिनुभयो । यता काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप उच्च अदालत जाने हुनुभएको छ । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो । बुधबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अ...
न्यानो कपडा वितरण गर्दै टोखा-१ ले गर्यो सम्मान

न्यानो कपडा वितरण गर्दै टोखा-१ ले गर्यो सम्मान

टोखा खबर, संस्कृति
टोखा नगरपालिका वडा १ ले जेष्ठ नागरिक लगाएत लाइ न्यानो कपडा वितरण गर्दै सम्मान गरेको छ । वडा स्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा  वडा भित्र बसोबास गर्ने जेष्ठ नागरिक,एकल महिला र भिन्न रुपले सक्षम भएका व्यक्ति साथै दलित बालबालिकाहरुलाइ सम्मान गर्दै न्यानो कपडा स्वरूप ज्याकेट वितरण गरिएको थियो । वडा १ को आयोजनामा भएको कार्यक्रममा वडा भित्रका २६५ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले सम्मान प्राप्त गरेका थिए । वडा अध्यक्ष रमेश कुमार लामिछाने को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यता र उप प्रमुख मुरारी तामांग तथा जिल्ला समन्वय समिति सदस्य राजकुमार बिडारी को बिशिस्ट आतिथ्यता रहेको थियो ।कार्यक्रममा नगरपालिका तथा वडा का अन्य जनप्रतिनीधी एबं विभिन्न राजनैतिक दलका ब्यक्तित्वहरु को उपस्थिति रहेको थियो ।   नगरपालिकाको...
टाेखामा सात सदस्यीय हिसान कार्य समिति गठन

टाेखामा सात सदस्यीय हिसान कार्य समिति गठन

संस्कृति
हिसान काठमाडौं जिल्ला कार्य समितिको पहलमा पहिलोपटक प्रथम टाेखा हिसान गठन भएकाे छ। एसिया प्यासिफिक स्कुलका निर्देशक राजन अधिकारीकाे अध्यक्षतामा सात सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको हाे । समितिका अन्य पदाधिकारीहरूमा फाेरेसेन्ट स्कुलका मेघराज अधिकारी उपाध्यक्ष, हेराल्ड स्कुलका दीपेन्द्र पुडासैनी सचिव, साउथ वेस्टर्न स्कुलका रमेश अधिकारी सहसचिव , प्यारामाउन्ट स्कुलका मुकुन्द पान्डे, श्वेत सदन स्कुलका सुवास लामिछाने, नेपाल माेडलका डिल्लीराम पाैडेल सदस्य हुनुहुन्छ । हिसान केन्द्रका अध्यक्ष रमेश सिलवालले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना प्रदान गर्नुभयो । उक्त अवसरमा उहाँले निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले निजी क्षेत्र अझ संगठित र बलियो हुनुपर्ने धारणा राख्नुभयाे । युवालाई विदेश पलायन हुनबाट राेक्न राज्यले तुरुन्त स्पष्ट र दीर्घकालिन याेजना बनाउनुपर्ने भन्दै ...
सर्लाहीको बरहथवामा कर्फ्यू आदेश

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश

कृषि, विचार, समाचार, संस्कृति
जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले स्थिति सामान्य पार्न शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको  बताउनुभयो। घटनामा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कार साहको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरीले चलाएको गोली लागेर उहाँको मृत्यु भएको दाबी गरे पनि प्रहरीले अझै पुष्टि गरेको छैन । प्रदर्शनमा क्रममा नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि हवा...
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

कृषि
म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरुपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । मेलालाई सफल बनाउन विभिन्न २२ उपसमिति गठन गरिएकोे सो समितिले जनाएको छ । उद्योग वाणिज्य संघ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा कृषि मेल...

जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार

विचार, समाचार
काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’...