Tuesday, April 21

Author: टोखा खबर

आजबाट नयाँ नोट सटही सुविधा सुरु

आजबाट नयाँ नोट सटही सुविधा सुरु

विचार, समाचार
काठमाडौँ, असोज २९ । दसैँ तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैङ्कले जनाएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।...

काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

विचार, समाचार
असोज २९ । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।” पुर्याए चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका...
तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन दिने छैन -दामोदर बस्नेत

तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन दिने छैन -दामोदर बस्नेत

संस्कृति
तारकेश्वोर नगर स्काउटका संयोजक दामोदर बस्नेतले तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन नदिने बताउनु भयो । तारकेश्वोर नगर स्काउटले शनिबार तारकेश्वोर-२ मा रहेको ग्रीनहिल्स एकेडेमीमा एक भब्य समारोह बीच हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावाली, छठ पर्व २०८० तथा नेपाल सम्वत् ११४४(न्यू दँया भिन्तुना) को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदै बस्नेतले तारकेश्वोरलाई देशकै उत्कृष्ट स्थानीय तह बनाउने प्रण गर्नु भयो । साथै सबैलाई सयपत्रीको माला जस्तै समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । तारकेश्वोर भरिका सम्पुर्ण विद्यालयका स्काउट मास्टरको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित स्काउट तथा अन्य अतिथिहरुले एक आपसमा शुभकामना साटासाट गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वोर वडा नं.२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले स्काउटहरु...
दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म

दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म

मनोरन्जन, समाचार
काठमाडौँ — सर्वोच्च अदातलमा दसैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रत्येक दिन बिहान ११ देखि ३ बज‍ेसम्म हुने भएको छ । दसैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुन्छ । त्यसअवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुन्छ । सर्वोच्च अदातलले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची तय गरेको छ ।...
टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

टोखा खबर, समाचार
काठमाडौँ, २८ असोज । काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गरिएको छ ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गर्नुभयो । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु,”– उहाँले भन्नुभयो । टोखा नगरपालिकाका प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको भन्दै सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले छरिए...

आगामी महिना राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको भ्रमणमा जानुहुने

विचार, समाचार
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ । जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहिबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीक...

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १३४ रनले पराजित

*, खेलकुद, विचार
काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने । यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्द...
नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

*, मनोरन्जन, समाचार
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गर्नुभयो । सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गर...
२५३ विद्यार्थी लिएर इजरायलबाट नेपालतर्फ बिमान आउदै

२५३ विद्यार्थी लिएर इजरायलबाट नेपालतर्फ बिमान आउदै

कृषि, विचार
काठमाडौँ- सरकारले इजरायलबाट नेपाली विद्यार्थीहरुलाई आज नेपाल ल्याउँदैछ ।यसक्रममा इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ ।जहाजमा विद्यार्थीहरुलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको थियो । इजरायलको तेल अभिभस्थित वेन गुरिओन विमानस्थलबाट जहाज उडेको परराष्ट्र मन्त्रालयले ट्वीट गरेर जानकारी दिएको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ ।विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद हिजो (बुधवार) राति इजरायल जानुभएको थियो ।शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको...

टोखामा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न

टोखा खबर
टोखा नगरपालिका भित्रका स्वाथ्य संस्था ब्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मिति २०८० साल असोज २१ गते देखि असोज २५ गते सम्म गरि ५ वडा का ५ वटा स्वास्थ्य सस्था तथा स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको थियो ।    अघिल्लो आर्थिक बर्षमा समेत गरि ११ वटै वडाका स्वास्थ ब्यबस्थापन समिती का सदस्य र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सन्तोष कुवरले बताउनु भयो । गत आर्थिक बर्ष २०७९/०८० मा टोखा नगरपालिका बाट ३ वटा र स्वास्थ्य कार्यालय काठमाडौ बाट ३ वटा गरि ६ वटा वडाका स्वास्थ्य संस्थाका ब्यवस्थापन समिती सदस्यहरु र स्वास्थ्यकर्मीहरु लाई अभिमुखिकरण गरिएको थियो । नेपालको संविधानको धारा ३५ ले ब्यवस्था गरे अनुसार स्वास्थ्य स...