Tuesday, April 21

Author: टोखा खबर

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

बिशेष, समाचार
काठमाडौँ। सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पु-याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ । राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त संस्थाका रुपमा रहने मिडिया काउन्सिलको गठन र यसका पदाधिकारी छनोट सिफारिस समिति सरकार मातहत नभइ स्वतन्त्र प्रकृतिको बनाइनुपर्ने विज्ञहरुको सुझाव छ । विधेयकमा भने मन्त्रालयको सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ सदस्य एक जना र मन्त्रालयकै सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था प्रस्ताव गरिएको छ । जम्मा ३७ दफा रहेको विधेयकमा काउन्सिलका पदाधिकारी चयन सिफारिस कस्तो र कसको नेतृत्वमा गर्ने भन्नेबारेमा ...
भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

गतिविधि, ताजा अपडेट, समाचार
रुकुमपश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् । जल तथा मौसमविज्ञान विभागका अनुसार गएराति ठूलीभेरी नदीले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ । रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आइतबार बिहान ५ बजे ठूलीभेरी नदीको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केही कम भएता पनि वर्षा भइरहकाले सतह बढ्ने बताइएको छ । त्यसैगरी सानीभेरी नदीको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदीको तह राति बढेको उहाँले जानकारी दिनुभयो । ...
अब एक पटकका लागि नमिलेको व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने

अब एक पटकका लागि नमिलेको व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने

समाचार
व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही  ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो । त्यसो हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दु:ख पाएका थिए । त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार अब एकपटकका लागि भने त्यो मौका मिलेको हो । ‘कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा...
टोखा प्याब्सनद्वारा नगरस्तरीय  दुईदिने  फुटसल प्रतियोगिता हुने

टोखा प्याब्सनद्वारा नगरस्तरीय  दुईदिने  फुटसल प्रतियोगिता हुने

खेलकुद, टोखा खबर
टोखा नगरपालिकाभित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता श्रावण १५ र १६ गते दुई दिन सञ्चालन हुने प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुण कुमार केसीले जानकारी दिए। टोखा प्याब्सनद्वारा आयोजित यस प्रतियोगितामा तीन विधामा खेल सञ्चालन हुनेछ— सिनियर ब्वाइज, जुनियर ब्वाइज र ओपन गर्ल्स। कार्यक्रम संयोजक तथा प्याब्सन टोखा नगर कोषाध्यक्ष दिपेन्द्र थापाका अनुसार प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २१ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गर्ल्सतर्फ ७ टिमले सहभागिता जनाउनेछ। खेल सञ्चालनका लागि दुईवटा भेन्यु तोकिएको छ। प्रतियोगिता समापन श्रावण १६ गते शुक्रबार गरिनेछ। समापन समारोहमा विजेता टिमहरूलाई ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। बुधबार, श्रावण १४ गते आयोजित पत्रकार सम्मेलनमा प्याब्सन नगर समिति सदस्य तथा आयोजक टोलीका ...
चाँगुनारायण नगरपालिका द्वारा पाँच खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरणमा प्रतिबन्ध

चाँगुनारायण नगरपालिका द्वारा पाँच खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरणमा प्रतिबन्ध

गतिविधि, स्वास्थ्य
भक्तपुर – भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा सञ्चालन भइरहेका ५ वटा खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि नगरपालिकाले अनुगमन तीव्र पारी पानी बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाको वडा नं ३ झौखेल स्थित सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगलाई पानी बिक्री वितरण गर्न रोक लगाएको हो । मानव स्वास्थ्यमा खेलबाड गर्ने जोकोहीलाई कडा कारबाही गरिने उपमेयर रमेश बुढाथोकीले बताउनु भयो । खानेपानीको जारमा दिशामा पाइने जीवाणु भेटिएपछि जारको पानी बिक्री वितरणमा रोक लगाउँदै उद्योगमा ताल्चा लगाइएको एक कर्मचारीले बताउनु भयो । अनुगमन समितिका संयोजक बुढाथोकी अध्यक्षतामा बसेको समिति बैठकले पाँच वटा खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ । खानेपानी उत्पादन कम्पनीहरूमा आकस्मिक अनुगमन तीव्र पार्दै अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग ...
बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण अवरुद्ध

बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण अवरुद्ध

समाचार
मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जा...
स्वास्थ्य सेवा विभागद्वारा सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिनको आपूर्ति

स्वास्थ्य सेवा विभागद्वारा सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिनको आपूर्ति

समाचार
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिनुभयो । रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । उहाँले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिनुभएको थियो । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशह...
सौन्दर्य सेवा र तालिमको लागि शंखमूलमा मायाज एस्थेटिक एकेडेमीको शुभारम्भ

सौन्दर्य सेवा र तालिमको लागि शंखमूलमा मायाज एस्थेटिक एकेडेमीको शुभारम्भ

गतिविधि
शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटनमा चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, मोडेल सन्ध्या घतानी लगायतका कलाकारहरूको विशेष सहभागिता रहेको थियो । उक्त उद्घाटन समारोहमा बोल्दै मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने तथा सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको बताइन् । ...
गोहीको आक्रमणबाट माछा मार्न गएका एक  युवकको मृत्यु

गोहीको आक्रमणबाट माछा मार्न गएका एक युवकको मृत्यु

समाचार
चितवन- चितवनको सौराहा नजिक चित्रसारीस्थित बुढीराप्ती खोलामा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–८ का २७ वर्षीय अविषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको हो । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार अविषेक बिहीबार राति माछा मार्न गएका बेला गोहीले आक्रमण गरेर खोलातिर तानेको थियो । उनीसँगै सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी पनि माछा मार्न गएका थिए । घटना राति करिब ९ बजे भएको बताइएको छ । राजकुमार माझीले राति ९ बजेर ३५ मिनेटतिर अस्थायी प्रहरी पोस्ट मैनाहालाई खबर गरेपछि प्रहरीको टोली तुरुन्तै खोजी तथा उद्धारमा खटिएको थियो । चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार राति १ बजेर २० मिनेटतिर घटनास्थलभन्दा करिब २०० मिटर उत्तरतर्फ अविषेकको शव फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रका खोलामा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइन्छन् ...
बागमती प्रदेश सरकार र दलहरूबीच आठ बुँदे सहमति पछि प्रदेशसभा सञ्चालन

बागमती प्रदेश सरकार र दलहरूबीच आठ बुँदे सहमति पछि प्रदेशसभा सञ्चालन

समाचार
मकवानपुर- बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आठ बुँदे सहमति भएपछि प्रदेशसभा सञ्चालनमा आएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि देखिएका कमजोरी र विवाद समाधान गर्ने सहमतिसँगै बिहीबार साँझबाट बैठक सुचारु भएको हो । सर्वदलीय बैठकले सहमति गरेका आठ बुँदामा बजेटका नीतिगत त्रुटिहरू सच्याउने, अपारदर्शी तथा अनधिकृत कार्यक्रमहरू हटाउने, बहुवर्षीय आयोजनामा अपुग रकम व्यवस्थापन गर्ने, र आगामी बजेट निर्माण प्रक्रियामा सबै दलको सहभागिता सुनिश्चित गर्ने जस्ता विषय समेटिएका छन् । साथै, गैरसरकारी संस्थाहरूलाई दिइने अनुदान कटौती गर्ने, नामै उल्लेख गरिएका संस्थाका कार्यक्रम कार्यान्वयन नगर्ने, तथा विषयगत मन्त्रालयअनुसार मात्रै कार्यक्रम अघि बढाउने निर्णय भएको छ । सहमतिको ८ मुख्य बुँदा १. प्रदेशसभामा प्रस्तुत भएको विनियोजन विधेयकमा देखिएका नीतिगत त्रुटिहरू आवश्यक परिम...