Saturday, October 24

Author: टोखा खबर

ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

#
८ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ए दुबई इनभाइट’ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दुबईका बासिन्दाले आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई जुलाई २० देखि अक्टोबर ३१ सम्म दुबई भ्रमणका लागि आमन्त्रण गरेमा तीन हजार दिराम भन्दा बढी मूल्यका विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्। अभियानमार्फत सहभागीहरूले होटल बसाइ,रेस्टुरेन्टमा भोजन तथा विभिन्न पर्यटकीय आकर्षणस्थलका प्रवेश टिकट लगायतका लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ। दुबई सरकारले यो अभियान गर्मीयाममा अपेक्षाकृत कम हुने पर्यटक आगमन बढाउने र यस वर्षको सुरुआतमा क्षेत्रीय द्वन्द्वका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले सञ्चालन गरेको जनाएको छ। यो अभियान जुलाई २० देखि सुरु भई अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ।पर्यटन क्षेत्रलाई थप गतिशील बनाउँदै दुबईलाई परिवार र...
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

स्थानीय
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं)  घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिएको र घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले लेखा अधिकृतलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।  अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।  ...
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

#
७ साउन,काठमाडौं। सरकारले सञ्चालमा ल्याएको ‘हेलो सरकार’ मा बुधबार सम्म १ हजार ४४२ वटा गुनासो प्राप्त भएका छन्। प्राप्त गुनासोमध्ये अनलाइन पोर्टलमार्फत दर्ता भएका ३६२ वटा तथा प्राप्त ६०० फोन कलबाट ५६७ वटा गरी कुल ९२९ वटा गुनासो व्यवस्थापन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार बाँकी ८८७ वटा गुनासो सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको छ।  ...
मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

#
७ साउन,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

#
६ साउन,काठमाडौं ।हाल देशभर रहेको मनसुनी वायुको प्रभावले गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केहि स्थानमा कोशी,लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ।देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका प...
शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

शिक्षा
६ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक बजेट पारित भएको २३ दिनपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउन सरकार तयार भएको छ । प्रधानमन्त्री बालेन शाहले नै स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागु नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै हटाइएको जानकारी दिएका हुन्। यो प्रावधानसहितको आर्थिक विधेयक (बजेट) प्रतिनिधिसभाबाट गत असार १४ गते पारित भएको थियो ।प्रतिनिधिसभाबाट बजेट पारित भएको २३ दिनपछि सरकार शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउन तयार भएको हो । संघीय संसद् सचिवालयका अनुसार आर्थिक विधेयकको दफा १८ ले करको दर हेरफेर पूर्ण वा आंशिक रूपमा गर्न सक्ने गरी सरकारलाई संसद्ले अधिकार प्...
बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प

#
६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बुधबार बिहान ४ः४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण ६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४स्४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण भने, प्राप्त भएको छैन ।    ...
श्रावणको पहिलो सोमबारः पशुपतिनाथमा भक्तजनको घुँइच

श्रावणको पहिलो सोमबारः पशुपतिनाथमा भक्तजनको घुँइच

#
४ साउन,काठमाडौं । हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुँइचो लागेको छ। भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार बिहानैदेखि श्रद्धा र भक्तिपूर्वक दर्शन गर्न भक्तालुहरुको घुँइचो लागेको हो । सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ। साउन महिना भगवान् शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्रमन्थनसँग जोडिएको छ। पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि सम...
मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

#
४ साउन,काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। भने देशका पहाडी भू–भागका धेरै स्थानमा,कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

#
४ साउन,काठमाडौं ।अर्जेन्टिनालाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बनेको छ । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्‍यो। ...