Tuesday, April 21

Author: टोखा खबर

देशभर मनसुनी वायुको प्रभाव कायमै, धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहितका  वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहितका वर्षाको सम्भावना

समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।...
आजको सम्भावित मौसमः देशभर पानी पर्ने

आजको सम्भावित मौसमः देशभर पानी पर्ने

#, समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश...
संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै एक भएर अगाडि बढ्न सभामुख देवराज घिमिरेकोआह्वान

संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै एक भएर अगाडि बढ्न सभामुख देवराज घिमिरेकोआह्वान

समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । संसद् दिवस, २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गर्नुभयो । संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गर्नुभएको हो । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार ...
प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका  प्रधानमन्त्री पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता

समाचार
स्पेन- संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिँदै नेपालका स्पेनको दूतावास खोल्न आग्रह गर्नुभएको थियो । स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गर्नुभयो । भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध...
विकासशील देशको ऋण संकट र जलवायु न्यायको मागसहित काठमाडौंमा प्रदर्शन

विकासशील देशको ऋण संकट र जलवायु न्यायको मागसहित काठमाडौंमा प्रदर्शन

गतिविधि
काठमाडौं , संयुक्त राष्ट्रसंघअन्तर्गत स्पेनको सेविलामा हुन गइरहेको चौथो अन्तर्राष्ट्रिय सम्मेलन विश्वव्यापी वित्तीय प्रणालीलाई लक्षित गर्दै शनिबार काठमाडौंमा विविध नागरिक संगठनहरूको संयुक्त प्रदर्शन सम्पन्न भयो । प्रदर्शनमा सहभागीहरुले विश्वव्यापी वित्तीय प्रणालीलाई न्यायपूर्ण बनाउने, असहनीय ऋण खारेज गर्ने, तथा जलवायु संकटका लागि क्षतिपूर्ति स्वरूप वित्त उपलब्ध गराउने माग गरेका छन् । प्रदर्शनमा नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट), ग्रामीण पुनर्निर्माण संस्था नेपाल, अखिल नेपाल महिला संघ लगायतका श्रमिक संगठन, महिला समूह तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए । जीफन्टका महासचिव लक्ष्मण शर्माका अनुसार यो प्रदर्शन विश्वका ५० भन्दा बढी देशहरूमा समन्वयात्मक रूपमा भइरहेको समान उद्देश्यका आन्दोलनहरूको हिस्सा हो । प्रदर्शनका क्रममा यहि जुन ३१ देखि जुलाई ३, २०२५ सम्म हुने सम्मेलनमा नेपालको...
‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

ताजा अपडेट, समाचार
कास्की- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देश...
राष्ट्रिय स्वतन्त्र पार्टी लाई संसदमा होहल्ला नगर्न सभामुखको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी लाई संसदमा होहल्ला नगर्न सभामुखको आग्रह

#
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गर्नुभएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गर्नुभएको थियो । तर, सभामुखको आग्रह रास्वपाले अस्वीकार गरेको छ। रास्वपाले आफ्नो विरोध कायमै रहने जनाएपछि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ। प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसक्नुभएको छ । सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्...
ग्वार्को चोकमा‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

ग्वार्को चोकमा‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

समाचार
देशको पहिलो ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । पटकपटक म्याद थप र प्राविधिक जटिलताका कारण ढिलाइ भएको यो परियोजना २०७८ फागुनमा शुरू भई २०८१ पुसमा सम्पन्न भएको हो। निर्माण लागत रु १७ करोडबाट बढेर रु ३१ करोड पुगेको छ, जसमा ठेकेदारले रु १ करोड ४७ लाख हर्जना तिरेको छ। ५७६.२ मिटर लामो र १६.४ मिटर चौडा यो फ्लाई ओभरले चार लेन सडक सञ्चालन गर्नेछ, जसले ग्वार्को चोकको ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ। तर, सातदोबाटोमा ट्राफिक चाप बढ्ने सम्भावना छ। ट्राफिक व्यवस्थापनका लागि अन्य चोकमा पनि यस्ता संरचना आवश्यक रहेको विज्ञहरूले सुझाएका छन्। सिसीटिभी र बत्ती जडान जस्ता बाँकी काम छिटो सक्न निर्देशन दिइएको छ।...
मनाङबाट निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज,मनाङ ‘ख’मा उपचुनाव हुने

मनाङबाट निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज,मनाङ ‘ख’मा उपचुनाव हुने

समाचार
मनाङ – मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज भएको छ। ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक आन्तिम साता जेल चलान हुनुभएका मनाङेको पद रिक्त भएको हो। सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो। गुरुङलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति ९बुधबार०बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ। संविधानको धारा १८० मा धारा १७८ बमोजिमका योग्यता नभए प्रदेशसभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा अब ५९ सदस्यमात्र कायम भएका छन्। धारा १७८ को उपधारा...
नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास दैलेखमा रहेको पुष्टि

नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास दैलेखमा रहेको पुष्टि

समाचार
चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ । लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ । अब भने दैलेखको विकासले फट्को मार्ने व्यावसायी प्रेम ओली बताउनुहुन्छ । लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको उहाँको भनाइ छ । दैलेखमा ग्यास पुष्टि भएको विषयले सामाजिक सञ्जाल रङ्गिएको छ । दैलेखमा विकासको मूल फुट्ने र आर्थिक अवस्थामा समेत सुधार आउने युवा नेता नवीन योगीले बताउनुभयो । उहाँका अनुसार सरकारले अब थप प्रक्रिया अघि बढाएर काम सुरु गर्नुपर्छ । उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बताउनुभएको छ । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबाट सुरू भएक...