Sunday, October 25

Author: टोखा खबर

१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

#
२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्रको १ वर्ष अवधि रहेको छ । बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।राष्ट्र बैंकले न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ । यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् ।...
तोलामा २ हजार ८ सय घट्यो सुन

तोलामा २ हजार ८ सय घट्यो सुन

#
२९ असार,काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँ घटेको छ। अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको हो।  ...
कास्कीमा बाढीले पुल र होटल बगाउँदा पदमार्ग र सडक ठप्प

कास्कीमा बाढीले पुल र होटल बगाउँदा पदमार्ग र सडक ठप्प

#
२९ असार, काठमाडौं। अविरल वर्षासंगै आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउली बजारमा रहेको दीलिप गुरुङको घर र होटल बगाएको छ। स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताएका छन्। उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ। यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ। ...
ओभरलोड बोक्ने ट्रकमाथि निगरानी र जरिवाना

ओभरलोड बोक्ने ट्रकमाथि निगरानी र जरिवाना

#
२८ असार, धनगढी । कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमताभन्दा बढी सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ । सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरुमाथि निगरानी बढाउँदै कारबाहीको दायरामा ल्याउन थालेका छन् । विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको भनाइ छ । केही दिनअघि भैरवाहबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएको पाएपछि कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो । रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १० : १० टन बढी सामन लोडल गरेर धनगढी ल्याएका थिए। ...
आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

#
२८ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ४५,गोलभेँडा सानो लोकल प्रतिकिलो १२, गोलभेँडा सानो टनेल प्रतिकिलो २२,आलु रातो लाम्चो प्रतिकिलो ४६,आलु रातो गोलो प्रतिकिलो ४३, आलु रातो मुढे प्रतिकिलो ४४,आलु रातो भारतीय प्रतिकिलो ३२ रहेको छ । यस्तै सेतो आलु प्रतिकेजी ३२,प्याज सुकेको भारतीय प्रतिकिलो ५५ रहेको छ । गाजर लोकल प्रतिकिलो ११०, गाजर तराई प्रतिकिलो १००, बन्दा लोकल प्रतिकिलो ४०,काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला हाइब्रिड प्रतिकिलो ३०,भन्टा लाम्चो प्रतिकिलो २५ र भन्टा डल्लो प्रतिकिलो ४० कायम भएको जनाइएको छ । यसैगरि बोडी तने प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ६०, घिउ सिमी ९राजमा० प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १२०...
मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

#
२८ असार,काठमाडौं । आज देशभर अधिकांश बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही स्थानमा  आज मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी तथा मधेश प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।...
नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

शिक्षा
२७ असार, काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको वडा ६ का अध्यक्ष देवेन्द्रराज गिरी,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा। चो युन यी, निर्देशक योङ–सुन ओह लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान,शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिने जनाइएको छ । उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका लागि विश...
यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

#
२७ असार , काठमाडौं । यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत पठाउने भन्दै ठगी गर्ने चार कन्सल्टेन्सीका ८ जना सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।...
बढ्यो सुनको भाउ, तोलाको कति ?

बढ्यो सुनको भाउ, तोलाको कति ?

#
२६ असार, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज शुक्रबार तोलामा २ हजार ७ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय तोकिएको छ । हिजो बिहीबार तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि बढेको छ । बिहीबार तोलाको ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको छ ।...
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

#
२६ असार, बागलुङ। बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।  १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उनको भनाइ छ । असुरक्षित यौन सम्पर्क, रगत लिँदारदिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उनको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ ।  ...