Sunday, October 25

Author: टोखा खबर

आयल निगमको निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक

आयल निगमको निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक

#
२६ असार, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो । सार्वजनिक सूची अनुसार कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमा प्युठानका छविराज पोख्रेल, प्युठानकै कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् । यसैगरी धनुषाका नागेन्द्र साह, महोत्तरीका सरोजकुमार शर्मा र सप्तरीका दीपेन्द्रकुमार देवको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ । छनौट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ ।  ...
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको  उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको उद्धार

#
२६ असार, तनहुँ। तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् । नदीको बिचम अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीको भनाइ छ ।...
आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

#
२६ असार, काठमाडौं ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ। मुगुको सोरु गाउँपालिका–१ का उनलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै कार्यालयले त्यसको खण्डनसमेत गरेको हो। सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार छानबिन गर्दा नेपालीलाई कुनै पनि प्रकारको जरिवाना तिराइएको छैन । उनले अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई गरेका छन् । नेपालीले त्रिपुरेश्वरको राहदानी विभाग अगामा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।...
आजदेखि सरकारी खाता बन्द हुँदै

आजदेखि सरकारी खाता बन्द हुँदै

#
२५ असार, काठमाडौं । आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अघि सरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था छ। यसर्थ अब सात दिन संघ,प्रदेश र स्थानीय तहका सरकारी खाता बन्त हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म सरकारको कुल बजेटको ८ प्रतिशत अर्थात १५ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ। जसमध्ये पूँजिगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड अर्थात ४० प्रतिशत...
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

#
२५ असार,काठमाडौं। आज देशभर साधरणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ । उता राती पनि अधिकांश बादल लाग्नेछ। कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी,बागमती,गण्डकी,लुम्बि...
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

#
२४ असार, काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको हो । विभागका अनुसार, आगामी असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी गरेको छ । यसर्थ असार २५ र २६ गते सेवाहरू बन्द गरिने भएको छ । विभागले सूचनामा आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई सो अवधिमा विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन अनुरोध गरेको छ । विभागले यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको थियो ।  ...
गुल्मीमा गुणस्तरहीन  मह नष्ट

गुल्मीमा गुणस्तरहीन मह नष्ट

#
२४ असार,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले त्यहाँबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय,तानसेन,पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । प्रहरी...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

#
२४ असार,काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०० रुपैयाँमा झरेको छ ।...
काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

#
२४ असार,ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा,मोरङ, सुनसरी,महोत्तरी,बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा.मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहेको र त्यस मध्येमा काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी,१० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी,एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।विभागले जोखिमयुक्त क्षेत्रको...
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा. तिमिल्सिना

#
२४ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका प्रतिनिधिहरुसँगको भेटमा मंगलबार उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए। सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई सुदृद्ध गरिने मन्त्री तिमिल्सिनाको भनाइ छ। सरकारले सुशासनलाई मुख्य एजेण्डा बनाएकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणको प्रबन्ध मिलाइने पनि उनले सुनाए। उनले राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको समेत जानकारी दिए ।  ...