Tuesday, April 21

Author: टोखा खबर

स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

ताजा अपडेट, समाचार
स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको स्विमिङ पुलमा डुबेका थिए। साथीहरूसँग पौडी खेल्न गएका निजलाई  डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।...
सुनको भाउ तोलामा ५ हजार रुपैयाँ  बढ्यो

सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढ्यो

अर्थ
बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

समाचार
बुधबार बिहान आएको हावाहुरी र वर्षाले कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइनको विद्युत पोल र टावरमा क्षति पुर्‍याएकाले बाँकेका विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभीको टावर ढलेपछि कोहलपुर–नेपालगन्ज प्रसारण लाइन अवरुद्ध हुँदा जिल्लाको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएकोमा मर्मत सम्भार गरी अधिकांश स्थानमा विद्युत सुचारु गरिए पनि केही ठाउँमा अझै अवरुद्ध रहेको विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अनुसार विद्युत अवरुद्ध भएको केही घण्टामै तीव्र गतिमा काम गरेर खजुरा र ग्रामीण फिडर बाहेक अन्य क्षेत्रमा लाइन सुचारु गरिएको बताउनुभयो । प्रमुख लामिछानेका अनुसार क्षतिग्रस्त टावर मर्मतका लागि प्राविधिक टोली खटिएको छ । “३३ केभीको टावर ढलेको छ, त्यसको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” उहाँल...
१ हजार र ५ सय को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

१ हजार र ५ सय को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

अर्थ, समाचार
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने । गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।...
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त

अर्थ, समाचार
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त हुनुभएको छ । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राडा पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा हुनुभएको ४४ औँ  दिनमा केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहनुभएको थियो । सो समितिले प्राडा पौडेलसहित कामु गभर्नर डा. नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहनुभएका प्राडा पौडेलला...
२५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सगरमाथा संवाद सम्पन्न

२५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सगरमाथा संवाद सम्पन्न

बिशेष, समाचार
नेपाल सरकार द्वारा आयोजित सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । सरकार द्वारा पहिलो पटक आयोजना भएको सगरमाथा संवाद ले ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । पहिलो संस्करण को रुपमा जेठ २ देखि सुरु भएको सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर...
सात किलोग्राम सुनसहित रसुवा नाकाबाट एक जना पक्राउ

सात किलोग्राम सुनसहित रसुवा नाकाबाट एक जना पक्राउ

समाचार
रसुवा नाकाबाट करिब सात किलोग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।चीनको केरुङबाट रसुवागढीनाका हुदै ल्याईएको सुनलाइ प्रहरीले बरामत गरेको हो । केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडिमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिव साँढे सात किलो सुन बरामत भएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीको नेतृत्वको टालीले बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडिबाट आज दिउँसो साँढे सात किलो सुन फेला पारेको पुष्टि गरेको छ । प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीका अनुसार साँढे ७ किलो सुनसहित गाडि चालक गोसाइकुण्ड गाँउपालिका-५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । सुन धनी को हुन भन्ने बारे भने बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।...
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

गतिविधि, समाचार, स्वास्थ्य
काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताउनुभएको थियो । छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताउनुभयो । सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गर्नुभयो ...
विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

गतिविधि, स्वास्थ्य
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्कालाई उपसमिति संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाउनुभएको हो । उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा विद्यालय सुधारका विषय समेटिएको बताउनुभयो । “प्रतिवेदनमा प्रधानाध्यापकलाई जिम्मेवार र जबाफदेही बनाउने हो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा समेटेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै चाँडै गरिने सरुवालाई नियन्त्रणको व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।” उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा अपुरा रहेका कुरालाई समितिमा छलफल गरेर अगाडि बढ्नेसमेत बताउनुभयो । उहाँका अनुसार १६३ दफामा रहेको विधेयकमा उपसमितिले १७२ दफा बनाएको छ । ...
सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि,तोलाको १ लाख ८४ हजार ८००

सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि,तोलाको १ लाख ८४ हजार ८००

अर्थ
आज सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...