Wednesday, October 28

समाचार

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

समाचार, स्वास्थ्य
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।  आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिने बताउनुभयो ।  त्यसैगरी, मानसिक एवम् नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्य मन्त...
सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

मनोरन्जन, समाचार
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियम...
बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

गतिविधि, समाचार, संस्कृति
सुनसरीको विभिन्न स्थानमा रहेको शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको भगवान शिवको पुजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलासयबाट जल ल्याएर अर्पण गर्ने गरि बोलबम सुरु भएको छ । जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी व्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनहरुले स्थान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो ।सप्तरीको बलुवा सहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा विशाल मिथलेश्वर बाबाधाममा जल अपर्ण गर्नका लागि बोलबमका भक्तजनहरु एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो । त्यसैगरी इनरुवा ९ बबियाको शिव शक्ती मन्दिर र...
कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य

कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य

मनोरन्जन, विचार, समाचार
कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ । भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा दिएकोमा कुनै विद्यार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिनुभयो । टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शुन्य आएको छ । त्रिभुवन माविबाट २६ जना र राष्ट्रिय माविबाट २३ जनाले परीक्षा दिएका थिए । यस्तै, यहाँको निजी विद्यालय सगुन एकेडेमीबाट आठ जनाले परीक्षा दिएकोमा नतिजा शुन्य आएको छ । चुरे गाउँपालिकाका तीनवटा विद्यालयको नतिजा शुन्य आएको छ । यहाँको जनता मावि बैसेनीबाट ३६ जना, जनता मा...
देशका बिभिन्न स्थानमा  मनसुनी वायुको प्रभाव

देशका बिभिन्न स्थानमा  मनसुनी वायुको प्रभाव

गतिविधि, समाचार
 हाल  देशभर बिभिन्न स्थान मा  मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...
कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्ला

कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्ला

प्रबिधी, समाचार, संस्कृति
आज काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो । सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।...
पार्किङ गरी राखेको जेसेबीमा आगलागी

पार्किङ गरी राखेको जेसेबीमा आगलागी

समाचार
पोखरा महानगरपालिका –८, प्रतिभा मार्गमा पार्किङ गरी राखेको जेसेबीमा आगलागी भएको छ । हिजो राति जेसिबीमा आगलागी भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । पोखरा महानगरपालिका वडा ८ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्गस्थित प्रतिभा मार्ग सडक निर्माणका लागि पार्किङ गरी राखेको सिम्रन कन्स्ट्रक्सन प्रा.लि. महतगौडाको जेसिबी रोलर मेसिनमा आगलागी भएको प्रहरीको भनाइ छ ।  आगलागी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिइ गई स्थानीय व्यक्ति, नेपाल प्रहरी र दमकलको सहयोगमा राति नै १ः३५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ...
टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

मनोरन्जन, समाचार
साविक विजेता इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५ रन बनाउनुभयो । यस्तै ओपनर जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लिम लिभिङस्टोन ११ रन बनाउनुभयो । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले तीन तीन विकेट लिनुभयो । जसप्रित बुम्राहले दुई विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । भारतका लागिओपनर एवं कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाउनुभयो । यस्तै सूर्यकुमार य...
प्रधानमन्त्री दाहाल र चीनका उपविदेशमन्त्री सुन वेइतोङ बीच शिष्टाचार भेट

प्रधानमन्त्री दाहाल र चीनका उपविदेशमन्त्री सुन वेइतोङ बीच शिष्टाचार भेट

अर्थ, समाचार
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘...
देशका ६ वटै महानगरपालिकाको आगामी आर्थिक बर्षका लागि  नीति, कार्यक्रम र वजेट सार्वजनिक

देशका ६ वटै महानगरपालिकाको आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम र वजेट सार्वजनिक

मनोरन्जन, समाचार, संस्कृति
काठमाडौँ- देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् । महानगरपलिकाहरुमा सबैभन्दा ठुलो आकारको वजेट काठमाण्डौ महानगरपालिकाले ल्याएको छ भने वीरगञ्ज महनगरपालिकाले चालु आर्थिक बर्षको भन्दा वजेटको आकार खुम्च्याएर ल्याएको छ । कानुनी व्यवस्था अनुसार देशका ६ वटै महानगरपलिकाले सोमबार आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेका हुन् । देशकै ठुलो काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२को लागि लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर काठमाण्डौले बजेट ल्याएको छ । बजेटमा ११ वटा मह...