Tuesday, May 26

समाचार

प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

समाचार
थियानजिन (चीन)। शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुनुुहुन्छ । अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी हुनुहुन्थ्यो ।...
इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

#, समाचार
इजरायलको आक्रमणमा परेर यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावीको मृत्यु भएको छ । यमनका हुथी विद्रोहीहरूले इजरायलको आक्रमणमा प्रधानमन्त्रीको मृत्यु भएको दाबी गरेको हो । गाजा युद्ध सुरु भएपछि यो हुथी विद्रोहीहरूका लागि सबैभन्दा ठुलो क्षति हो । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो । हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको समाचार एजेन्सी रोयटर्सले बताएको छ । तर यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बिबिसीले जनाएको छ । शनिवार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन् । बिहीबार राजधानी साना भएको आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन, तर यसमा अन्य केही व्यक्ति घाइते भएका उल्लेख गरिएको छ । एएफपीका अनुसार, अल–रहावीलाई अन्तिम पटक बुधबार सानामा एक स...
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक

समाचार
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । बनबासा पुल भएर नेपाल–भारत प्रवेश गर्ने ठुला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्रवार दिउँसो १२ : ४५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ४५ हजार ०२९ क्यूसेक मापन गरिएको छ । महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुल (शारदा ब्यारेज) जीर्ण हुँदा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ । सुदूरपश्चिमका पहाडी जिल्ला सहित कञ्चनपुरमा बिहीबारदेखि नियमितरुपमा वर्षा भएकाले शुक्रवार महाकालीमा पानीको बहाव बढेको छ ।...
स्कुटर र्दुघटना हुदा दुइ युवकको मृत्यु

स्कुटर र्दुघटना हुदा दुइ युवकको मृत्यु

समाचार
काठमाडौँ- काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।...
जापानिज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

ताजा अपडेट, समाचार, स्वास्थ्य
जिल्लाका तीन जनाले जापानिज इन्सेफलाइटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३  देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो । जापानिज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने उहाँले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी देख्ने जापानिज इन्सेफलाइटिसका लक्षण हुन् ।...
मोरङमा खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

मोरङमा खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

गतिविधि, समाचार
मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोका सई बालकृष्ण सन्जेलले जानकारी दिए । उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।...
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे बस्दै

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे बस्दै

समाचार
काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा ...
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

समाचार
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । “महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उहाँले भन्नुभयो–“महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उहाँका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्युसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।...
मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

बिशेष, समाचार
काठमाडौँ। सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पु-याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ । राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त संस्थाका रुपमा रहने मिडिया काउन्सिलको गठन र यसका पदाधिकारी छनोट सिफारिस समिति सरकार मातहत नभइ स्वतन्त्र प्रकृतिको बनाइनुपर्ने विज्ञहरुको सुझाव छ । विधेयकमा भने मन्त्रालयको सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ सदस्य एक जना र मन्त्रालयकै सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था प्रस्ताव गरिएको छ । जम्मा ३७ दफा रहेको विधेयकमा काउन्सिलका पदाधिकारी चयन सिफारिस कस्तो र कसको नेतृत्वमा गर्ने भन्नेबारेमा ...
भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

गतिविधि, ताजा अपडेट, समाचार
रुकुमपश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् । जल तथा मौसमविज्ञान विभागका अनुसार गएराति ठूलीभेरी नदीले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ । रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आइतबार बिहान ५ बजे ठूलीभेरी नदीको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केही कम भएता पनि वर्षा भइरहकाले सतह बढ्ने बताइएको छ । त्यसैगरी सानीभेरी नदीको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदीको तह राति बढेको उहाँले जानकारी दिनुभयो । ...