Friday, October 23

समाचार

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

समाचार
१४ साउन,काठमाडौं ।गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराईमधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ(आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।  ...
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित

समाचार
१४ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।
प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

समाचार
१४ साउन,काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।...
‘रेड नोटिस’ जारी भएका व्यक्ति कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका व्यक्ति कतारबाट पक्राउ

समाचार
१४ साउन,काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक एक पुरुष कतारबाट पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार एनसिबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने तथा गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।...
रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

समाचार
१४ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकपश्चात गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्। बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। साथै, महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद गर्ने निर्णय समेत गरेको छ।...
काठमाडौका  मत गणना  बिभिन्न स्थानमा हुदै

काठमाडौका मत गणना बिभिन्न स्थानमा हुदै

समाचार
प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा गणना हुँदैछ । क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को नागार्जुन नगरपालिका, काठमाडौँ, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।...
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

बिशेष, समाचार
निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए। उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’ मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए।...
निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

बिशेष, समाचार
नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ ।आज मतदान सम्पन्न भएको नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो । अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।आज सम्पन्न निर्वाचन ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । अहिले मतपेटिका गणनास्थलमा सार्ने काम भइरहेको छ । केही स्थानमा आजै रातिबाट गणना गर्ने तयारी रहेको छ ।...
दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिष्कार

दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिष्कार

समाचार
दार्चुला  जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे । गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए । उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समा...
मतदाताको उपस्थिति नहुँदा दाङका दुई मतदान केन्द्रमा मतदानमा ढिलाई

मतदाताको उपस्थिति नहुँदा दाङका दुई मतदान केन्द्रमा मतदानमा ढिलाई

#, समाचार
घोराही, फागुन २१ । मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलईमा मतदान सुरु हुन सकेको छैन। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाताको उपस्थिति नहुँदा मतदान केन्द्रमा खालि अवस्था देखिएको जनता आधारभूत विद्यालय जिल्लाका मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार जनता आधारभूत विद्यालय जिल्लामा ६८२ मतदाता छन्। त्यसैगरी, वडा नम्बर ७, तल्लो मलै खोला स्थित देउती मावि मलै खोलामा पनि अहिलेसम्म मतदान सुरु भएको छैन। बबई गाउँपालिका–१ र ७ अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान लिइरहेका छन्। उक्त क्षेत्रका मतदाताल...