Wednesday, October 28

समाचार

मन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार

मन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार

मनोरन्जन, समाचार
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहाँर पठाएका छन् । काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मेयर शाहले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर पुर्याएका हुन । ”माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्द...
प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

विचार, समाचार
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । उनले बोलेलगत्तै सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

विचार, समाचार
नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।...
५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

कृषि, प्रबिधी, मनोरन्जन, समाचार
मंगलबारदेखि काभ्रेको धुलिखेलमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ । सञ्चार र प्रविधिको विकासले फट्को मारिसकेको अवस्थामा बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्न अबको पत्रकारिताले सञ्चार प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्धेश्यका साथ यो  तालिमको  आयोजना गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती  प्रसाद  सापकोटाले पत्रकारहरुलाई विषयमा केन्द्रित भएर पत्रिकारता गर्न आग्रह गर्दै सहरमुखि नभएर ग्रामीण परिवेशमुखि पत्रकारिता गर्न आवश्यक रहेको बताए । प्रादेशिक संरचनाले राष्ट्रिय  आवश्यताको काम गर्न सकिदो रहेछ भन्ने उदाहरण बागमती प्रदेश र सरकारले देखाउन सकेको बताउदै उनले अनलाईन र मोबाइल पत्रकारिता तालिमको आयोजना गरेको बताए । आगामि दिनमा अब प्राप्त ज्ञानलाई विकास गर्न अर्को...
दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

समाचार, संस्कृति
दाङ- दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।...
कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

मनोरन्जन, समाचार
मोरङ- कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार गरी दश सदस्यीय बनाइएको छ । गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन गरिएको हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा ५ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको हो । मुख्यमन्त्री सहित दुई जना विना विभागिय मन्त्री नियुक्त गरी गठन भएको कोशी प्रदेश सरकारमा एमालेका एक जना राज्यमन्त्रीसहित ६ जना र माओवादी केन्द्रका एक जना राज्यमन्त्री सहित ४ जना मन्त्रीहरु रहेका छन् । नवनियुक्त मन्त्रीहरुलाई विभागीय जिम्मेवारी समेत तोकिएको छ । नयाँ मन्त्रीहरुमा राजेन्द्र कार्की स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्री, एकराज कार्की खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा सिर्जना राइलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्या...
पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

कृषि, प्रबिधी, समाचार
धुलिखेल / सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा आज मंगलबार देखि पाँच दिने मोबाइल पत्रकारिता र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ । मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश का २२ जना र अनलाइन पत्रकारिता २० जना पत्रकारहरुको सहभागिता रहेको छ। सहभागी मध्य १२ जना महिला पत्रकार छन् । मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक विकास कार्की र रामु सापकोटा तथा अनलाइन पत्रकारिता तालिमका लागि उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिँदै छन् । विगत ४ वर्ष देखि नै विभिन्न किसिमको तालिम दिँदै आएको सञ्चार रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्षमा तथ्याङ्क पत्रकारिता, चलचित्र पटकथा लेखन, अनलाइन तथा मोबाइल पत्रकारिता, रेडियो प्राविधिक ,चलचित्र पत्रकारिता लगायतका तालिम सम्पन्न गरीसकेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए। हाल सञ्चालित तालिम लिएपछि अनलाइन र मोबाईलको प्रयोग...
बिहे घरमा आगलागी हुँदा दुई जना घाइते, लाखौंको क्षति

बिहे घरमा आगलागी हुँदा दुई जना घाइते, लाखौंको क्षति

कृषि, मनोरन्जन, समाचार
सर्लाही- सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका-२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू ...
भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

समाचार
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।” नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्द...
बढ्दो गर्मिका कारण  तराईमा जनजीवन प्रभावित

बढ्दो गर्मिका कारण तराईमा जनजीवन प्रभावित

समाचार
धनुषा- अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताउनुभयो । डा दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबैले आफ्...