Wednesday, May 27

समाचार

जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

विचार, समाचार, संस्कृति
जुम्लामा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी सँगको अन्तरक्रियामा नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा पनि दुई चरणमा खोप अभियान सुरु गरिने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लामा पहिलो चरणमा यही फागुन १३ गतेदेखि जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकामा दादुर –रुबेला खोप लगाइने र दोस्रो चरण फागुन १९ गतेदेखि जिल्लाको तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा लगाइने जानकारी गनुभयो । उहाँले सो खोप अभियानमा आफ्ना बालबालिकालाई नछुटाउन अनुरोध गर्नुभयो । उहाँले सो खोप अभियानका लागि निम्तो क...
बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

*, मनोरन्जन, समाचार
काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गर्नुभयो । शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो । नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस प...

दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

*, समाचार
काठमाडौँ- दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको हो । मित्रराष्ट्र जापानले उपाध्यक्ष श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो । उहाँलाई बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मञ्चको अध्यक्ष निर्वाचित भएपश्चात् कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभएको आयोगले जनाएको छ । मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेण्डाका रुपमा रहेका दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेको प्रगतिको समीक्षा गरिनुका साथै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँदैछ ।...

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

मनोरन्जन, समाचार, संस्कृति
नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । “बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ”, वडाध्यक्ष...

टोखामा दादुरा रूबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम संम्पन्न

टोखा खबर, समाचार
स्थानीय तह खोप समन्वय समिति तथा सचारकर्मीहरूलाइ दादुरा रूबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा बहस-पैरबी गोष्ठि सम्पन्न भयको छ  । यस कार्यक्रममा टोखा नगरपालिकाका कार्य बाहक  नगर प्रमुख श्री मुरारी तामाङ ज्यूको अध्यक्षतामा तथा प्रमुख प्रशासकिय अधिकृत श्री शेर बहादुर बि.सी ज्यु प्रमुख आतिथ्यमा र टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.सुजता नगरकोटी बिशिस्ट अतिथी रहनु भयको थियो ।    भने सहभागीहरू टोखा नगरपालिकाका वडा अध्यक्षहरू नगर कार्यपालिकाका सदश्यहरू सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरू स्थानिय बाल कल्बका प्रमुख तथा प्रतिनिधीहरू र बिभिन्न मिडियाहरूबाट पत्रकार हरूको उपस्तिथी रहेको थियो। देश ब्यापी रूपमा सचांलन हुनगइ रहेको दादुरा रूबेला खोप अभियान टोखा नगरपालिकामा २०८० फागुन महिनाको १३ गते देखी ३० गतेसम्म ९ महिना देखी १५ वर्ष सम्मका बालबालिकाहरूलाइ दादुरा रूबे...

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

*, समाचार
  काठमाडौँ- नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ । बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सु...

अछाममा आगलागीमा परी दुई जना  बालबालिकाको मृत्यु

समाचार, संस्कृति
अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ। बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरूता बुढा र ३ वर्षीय अंकीत बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए। दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए।...

शान्ति सेनामा नेपाल पहिलो

*, समाचार
संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्‍याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्‍याउने लक्ष्य राखेको छ । सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेबनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

मनोरन्जन, विचार, समाचार
सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।    सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्धनका लागि भन्दै सरकारले १९ कानुन एकै पटक संशोधन अघि बढाएको थियो । अघिल्लो संसद्मा पनि उक्त विधेयक सरकारले ल्याएको थियो । तर विधेयक पारित नभई प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो । नयाँ संसद्मा सरकारले सुरुवातबाटै विधेयक अघि बढाएको थियो । विधेयकले नेपाल राष्ट्र बैङ...
नेपाल र क्यानडा भिड्दै

नेपाल र क्यानडा भिड्दै

*, खेलकुद, विचार, समाचार
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारी स्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।