Wednesday, October 28

समाचार

हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी

हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी

समाचार
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । रु आठ  करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले आज पहिलो किस्ताबापत रु २७ लाख १० हजार बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । उप कार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार रातको सवा ९ बजे विद्युत् लाइन जोडिएको उल्लेख गर्नुभयो ।  प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको ...
दश करोड ठगी गर्ने सइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामा पक्राउ

दश करोड ठगी गर्ने सइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामा पक्राउ

मनोरन्जन, समाचार
वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ललितपुरको केन्जोसोम गाउँपालिका वडा नं. १ का ४७ वर्षीय लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई विभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुरमा  आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी बेरोजगार युवाबाट पाँच लाखदेखि १५ लाख रुपियाँसम्म लिने गरेका थिए ।   उनले वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाट नेपाल फर्काएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएको प्रहरीले जनाएको छ । ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद गरिएको र थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको ...

उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी

विचार, समाचार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ ।  आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।” सरकारबाट पाउने अनुदान रकम नपाएको भन्दै उखु किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशनबमोजि...

डोजर पल्टिँदा चालकको मृत्यु

समाचार, संस्कृति
जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो । सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताउँदै  “जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,” उहाँले भन्नुभयो ।  मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।...

टुँडिखेलमा तीन दिने ल्होसार महोत्सवको तयारी

मनोरन्जन, समाचार
गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो ।  तमु थातथलोको मौलिक पहिचानको संरक्षण र सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन भन्ने मूलनाराका साथ  काठमाडौँको टुँडिखेलमा पुस १३ देखि १५ गतेसम्म भव्य रूपमा महोत्सव मनाउन लागिएको तमु ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर तमुले जानकारी गराउनुभयो । गुरुङ समुदायले हि ल्हो (बिरालो वर्ग) को बिदाइ गरी मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै तमु ल्होसार २०८० मनाउन लागेको हो ।  गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रूपमा मनाउने गर्दछ । विगतका वर्षझैँ यस पटक पनि काठमाडौँको टुँडिखेलमा हजारौँ तमुलगायत अन्य जातिको पनि उपस्थितिमा धूमधामका साथ ल्होसार मनाउने तयारी गरेको छ ।  महासचिव तमुले भन्नुभयो, “पु...

हिरासतबाट नेपाली भागेपछि भारतमा चार प्रहरी निलम्बित

समाचार
लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो । दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ । निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।...
गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु

गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु

समाचार, संस्कृति
 भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका –७ पाँचखुवा देउराली घर भएका ८५ बर्षीय अमरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार गुरुङ घरनजिकको भीरबाट १०० मिटर तल खसेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते गुरुङलाई तत्काल उपचारका लागि चितवनको  भरतपुर लगिएको थियो । उपचारको क्रममा सोमबार बेलुका अस्पतालले उहाँलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ...

डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

खेलकुद, मनोरन्जन, विचार, समाचार
 डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे । यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए । यसैगरी ५२ औं मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं झनै दबाबमा परेको थियो । ललितपुरले ए...

गोरु चराउन गएका चन्द्रबहादुर राना मृत अवस्थामा फेला

समाचार, संस्कृति
स्याङ्जाको विरुवा गाउँपालिका –२ का चन्द्रबहादुर राना मृत अवस्थामा फेला पर्नुभएको छ । विहीवार गोरु चराउन जानुभएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । रानाले चराउन लगेका गोरु साँझ घरमा फर्केर आएको तर उहाँ घर नआएपछि खोजीगर्दा शुक्रवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।...

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...