बझाङ भूकम्पमा आहिले सम्म ५१३ वटा पराकम्पन
बझाङ, असोज २५ गते । असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएकाले भूकम्पको जोखिम अझै कायम रहेको समेत बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञसहितको टोलीले सदरमुकाम चैनपुरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भूकम्पको जोखिम अझै कायम रहेकाले सचेत रहन समेत आमनागरिकलाई आग्रह गरेको छ ।
भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिख...

