Saturday, April 18

विचार

बजेटमाथिको छलफलमा सांसदहरुको मिश्रित प्रतिक्रिया

बजेटमाथिको छलफलमा सांसदहरुको मिश्रित प्रतिक्रिया

विचार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताउनुभयो ।  सांसद चौधरीले भन्नुभयो, “कृषिमा लगानी दशक घोषणा गरिएको छ । यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ ।” कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उहाँले बजेटमा स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दिका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गर्नुभयो । “एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ । यसलाई रोक्न ध्यान दिनुपर्छ” उहाँले भन्नु...
टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
पोखरा महानगरपालिका-१३ मा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीय बबिता रिमालको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो रिमालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले मोटरसाइकल पछाडि सवार रिमालको निधन भएको र घाइते चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुभयो । घाइते थापाको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको शर्माले बताउनुभयो । सोमबार बिहान ८ बजे पोखरा १३ गौडाकोमुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने राष्ट्रिय महिला भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने राष्ट्रिय महिला भेला सुरु

विचार, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको  छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित हुनुहुन्छ । भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसङ्गठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागिता छ । वि.सं. २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । यसै दिनको  स्मरणमा भेलाको आयोजना गरिएको हो । यस्तै, ...
कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु

कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु

विचार, समाचार, संस्कृति
भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै बुधबार दिउँसो १६:३० बजेको समयमा अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा परी पहिचान नखुलेको एक पुरुष र एक बालिकाको मृत्यु भएको जानकारी दिनुभयो। सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार पहिचान नखुलेको दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार उपचारका लागि पठाएको थियो। घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको छ।...
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा  मृत्यु

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु

*, विचार
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भएपछि सोमबार भग्नावशेष भेटिएपछि उहाँको मृत्यु भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकोप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।...
प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

विचार, समाचार
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । उनले बोलेलगत्तै सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

विचार, समाचार
नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।...
भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही

भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही

मनोरन्जन, विचार, समाचार
काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो । एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।...
जिल्ला न्यायाधीशको परीक्षा : ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण

जिल्ला न्यायाधीशको परीक्षा : ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण

विचार, समाचार
जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे पुग्ने व्यवस्था गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले न्याय सेवा आयोग ऐनको दफा १३ (४) मा सरकारले गरेको संशोधन प्रस्ताव स्वीकार गर्दै सो व्यवस्था गरेको हो । उक्त सहमति सङ्घीय संसद्का दुवै सदनले स्वीकार गरेर पारित भएमा विद्यमान व्यवस्था परिमार्जन हुने छ । हालको उत्तीर्ण प्रतिशत र पाठ्यक्रम अनुसार परीक्षामा सहभागी अधिकांश असफल हुँदै आएको भन्दै न्याय सेवाको समेत सुझावका आधारमा सरकारले उक्त संशोधन अघि बढाएको थियो । रिक्तमध्ये ४० प्रतिशत जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था संविधानमा छ । गत भदौमा प्रकाशित जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्र उम्मेदवार ...
भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति

भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति

*, विचार, समाचार
 भारत र चीनबीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कूटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ ।  भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९ औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गर्नुभएको थियो । चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।  विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्णरुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन-अफ-एक्चुअल कन्ट्रोल” (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरु सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि स...