पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे चार महिना कैद
पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको अभियोगमा कैद र जरिवाना हुने फैसला भएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार अधिकारीलाई तीन महिना कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो। सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था अनुसार अधिकारीलाई ५० प्रतिशत सजाय थप हुनेछ।
आफूमाथि विभेद गरेको दाबी गर्दै पोखरा २४ की वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दर्ता गराउनुभएको थियो। जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन अनुसार तीन महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो।
०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुट्नुभएका अधिकारीलाई न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले यस्तो सजाय हुने फैसला सुनाएको हो। अब अध...



