कर्णाली प्रदेश सरकार आज शोक मनाउने, दश करोड रुपैया विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय
सुर्खेत, कात्तिक १९ । कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
शुक्रवार राती गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सयभन्दा बढी घाइते भएका छन् ।
त्यसै गरी कर्णाली प्रदेश सरकारले भूकम्प पीडितहरूको राहत र उद्धारका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा दश करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
भूकम्पबाट प्रभावित स्थानीय तहलाई तत्काल राहत र उद्धारका लागि स्थानीय तहले खर्च गर्ने गरी अवस्था हेरेर पाँचद...





