Tuesday, April 14

टोल स्तरीय खेलको आज दोस्रो दिनको खेल सम्पन्न:मालुंग र फुलबारी बिजयी

टोखा न.पा वडा न – १ को टोल स्तरीय खेलको आज दोस्रो दिनको खेल पनि सम्पन्न भयको छ ।

भुतखेल चौरमा भयको उक्त खेल टोखा न.पा -१ का टोल / गाउ अर्थात् साबिक वडा बीच भयको थियो।  

आज भयको पहिलो खेल  बिडारी गाउँ (साबिक वडा न- ५ ) र मालुंग ( साबिक वडा न ३ ) बीच भयको खेल मा मालुंग ले बिडारी गाउँ लाइ (२-१ )ले बिजयी भयको छ भने उक्त खेल बाट म्यान अफ द म्याच निकेश महर्जन हुनु भयको छ ।त्यसैगरी फुलबारी गाउँ (साबिक वडा न २ ) र लामिछाने गाउँ                            ( साबिक वडा न ९ ) बीच भयको खेलमा फुलबारी गाउँ ले लामिछाने गाउँ लाइ (३-०) गोल ले बिजयी भयको छ उक्त खेल बाट फुलबारी का खेलाडी सागर डंगोल म्यान अफ द म्याच हुनु भयको छ ।

भोलि दुलाल गाउँ (साबिक वडा न ७ ) र झोर (साबिक वडा न ६  ) को पहिलो खेल हुनेछ ,भने दोस्रो खेल जहानिय गाउँ (साबिक वडा न ४ )र लालबारी गाउँ (साबिक वडा न ८) बीच दोस्रो खेल हुनेछ ।