

२० असोज, काठमाडौं । टोखा को विकास र समृद्धि को आधार ,दिगो र फराकिलो स्थानीय कराधार भन्ने मूल नारा का साथ् शुरु भएको प्रथम कर सप्ताह कर दाता लाइ सम्मान गर्दै समापन भएको छ । कर शिक्षा र जागरण सम्बन्धि साताव्यापी विविध कार्यक्रमको साथ् असोज १४ बाट शुरु भएको कर सप्ताह आज समापन भएको हो ।
टोखा नगरपालिका को सभा हल मा सम्पन्न समापन समाहरोह मा आर्थिक वर्ष २०७९/८० मा सबै भन्दा बढी कर तिर्ने टोखा नगरपालिकाका करदाताहरु लाइ सम्मान गरिएको थियो ।कर दाताहरु लाइ प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तोष वुढाथोकी, अतिथिहरु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य,जिल्ला समन्वय समितिका राजकुमार बिडारी, टोखाका नगर प्रमुख र उपप्रमुखबाट सम्मानपत्र का साथै प्रमुख प्रशासकिय अधिकृतबाट दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।


जस अनुसार टोखा नगरपालिका ले आर्थिक वर्ष २०७९/८० मा २३ करोड १८ लाख संकलन गरेको गरेको थियो। आर्थिक वर्ष २०८०/८१ मा २५ देखि ३० करोड कर उठाउने लक्ष्य नगरपालिकाले लिएको छ ।
असोज १४ गते बाट कर सचेतना गराउने गरि प्रभात फेरी गर्दै शुरुवात भएको प्रथम कर सप्ताह को साता भरि बिभिन्न स्थान मा करसम्बन्धी शिक्षा र प्रचार गर्दै घर दैलो कार्यक्रम , विद्यालयमा करसम्बन्धी वतृत्वकला, जनचेतना मुलक सडक नाटक , जनप्रतिनिधि र कर्मचारी बीच को मैत्रीपुर्ण खेलकुद , सरोकार वाला संग को अन्तरक्रिया कार्यक्रम , स्वास्थ्य शिविर लगाएत का बिबिध क्रियाकलाप तथा कार्यक्रमहरु सम्पन्न भएका थिए । आज अन्तिम दिन रक्तदान, ठुला करदाता संगको अन्तरक्रिया, करदाता सम्मानको कार्यक्रम भएको थियो । नगरपालिकाको प्राङ्गणमा आज भएको रक्तदान कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरेका छन् ।

कर संकलनका लागि घरदैलो अभियान सञ्चालन गर्ने र ठूला साना सबैलाई कर तिर्न प्रेरित गर्ने गरि बर्ष भरि नै कर अभियान तथा कर सचेतना का कार्यक्रम संचालन गर्ने नगरपालिका ले जनाएको छ ।सम्पत्ती कर, बहाल कर, व्यवसाय कर, विज्ञापन कर, भूमि कर, मनोरञ्जन कर, पार्किङ शुल्क र न्यूनतम शेवा शुल्क कर लगायतका करहरु संकलन गर्ने पाउने अधिकार स्थानीय तह लाई रहेको छ ।
