
टोखा नगरपालिका भित्रका स्वाथ्य संस्था ब्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मिति २०८० साल असोज २१ गते देखि असोज २५ गते सम्म गरि ५ वडा का ५ वटा स्वास्थ्य सस्था तथा स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको थियो ।
अघिल्लो आर्थिक बर्षमा समेत गरि ११ वटै वडाका स्वास्थ ब्यबस्थापन समिती का सदस्य र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सन्तोष कुवरले बताउनु भयो । गत आर्थिक बर्ष २०७९/०८० मा टोखा नगरपालिका बाट ३ वटा र स्वास्थ्य कार्यालय काठमाडौ बाट ३ वटा गरि ६ वटा वडाका स्वास्थ्य संस्थाका ब्यवस्थापन समिती सदस्यहरु र स्वास्थ्यकर्मीहरु लाई अभिमुखिकरण गरिएको थियो ।

नेपालको संविधानको धारा ३५ ले ब्यवस्था गरे अनुसार स्वास्थ्य सम्बन्धि हक अधिकार तथा आधारभुत स्वास्थ्य सेवा लाई सबै मा पुर्याउने बारेका साथै स्वाथ्य ब्यवस्थापन समितिको काम कर्तव्य तथा अधिकार र स्वास्थ्य सस्थालाई सबल बनाउन गर्नु पर्ने सकारात्मक काम कर्तब्यको बारेमा अभिमुखिकरण प्रदान गरियेको थियो।


