

हिसान काठमाडौं जिल्ला कार्य समितिको पहलमा पहिलोपटक प्रथम टाेखा हिसान गठन भएकाे छ। एसिया प्यासिफिक स्कुलका निर्देशक राजन अधिकारीकाे अध्यक्षतामा सात सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको हाे ।
समितिका अन्य पदाधिकारीहरूमा फाेरेसेन्ट स्कुलका मेघराज अधिकारी उपाध्यक्ष, हेराल्ड स्कुलका दीपेन्द्र पुडासैनी सचिव, साउथ वेस्टर्न स्कुलका रमेश अधिकारी सहसचिव , प्यारामाउन्ट स्कुलका मुकुन्द पान्डे, श्वेत सदन स्कुलका सुवास लामिछाने, नेपाल माेडलका डिल्लीराम पाैडेल सदस्य हुनुहुन्छ ।

हिसान केन्द्रका अध्यक्ष रमेश सिलवालले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना प्रदान गर्नुभयो । उक्त अवसरमा उहाँले निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले निजी क्षेत्र अझ संगठित र बलियो हुनुपर्ने धारणा राख्नुभयाे । युवालाई विदेश पलायन हुनबाट राेक्न राज्यले तुरुन्त स्पष्ट र दीर्घकालिन याेजना बनाउनुपर्ने भन्दै हालकाे शिक्षा विधेयकमा चनाखो बन्न समेत आग्रह गर्नु भयाे । पूर्विय दर्शन र शिक्षा उत्कृष्ट हुँदाहुँदै त्यसको व्यवहारिक प्रयाेग गर्न नसकिएकोमा दुख व्यक्त गर्नुभयो । कार्यक्रममा हिसान काठमाडौंका निवर्तमान जिल्ला अध्यक्ष शिव अधिकारीले कार्य समितिको सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा हिसान केन्द्रका बरिस्ठ उपाध्यक्ष स्वागत श्रेष्ठ , रामहरि सिलवाल ,सचिव राजेन्द्र अधिकारी , केन्द्रीय सदस्यहरु, वाग्मती प्रदेशका अध्यक्ष भवानी पाैडेल, हिसान काठमाडौंका सचिव गाेपिराज पराजुली लगाएत बिशिस्ट व्यक्तिहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रम एसिया प्यासिफिक स्कुलका प्रिन्सिपल रमेश घिमिरेले सन्चालन गर्नुभएको थियोे ।
