Thursday, April 16

न्यानो कपडा वितरण गर्दै टोखा-१ ले गर्यो सम्मान

टोखा नगरपालिका वडा १ ले जेष्ठ नागरिक लगाएत लाइ न्यानो कपडा वितरण गर्दै सम्मान गरेको छ । वडा स्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा  वडा भित्र बसोबास गर्ने जेष्ठ नागरिक,एकल महिला र भिन्न रुपले सक्षम भएका व्यक्ति साथै दलित बालबालिकाहरुलाइ सम्मान गर्दै न्यानो कपडा स्वरूप ज्याकेट वितरण गरिएको थियो ।

वडा १ को आयोजनामा भएको कार्यक्रममा वडा भित्रका २६५ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले सम्मान प्राप्त गरेका थिए । वडा अध्यक्ष रमेश कुमार लामिछाने को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यता र उप प्रमुख मुरारी तामांग तथा जिल्ला समन्वय समिति सदस्य राजकुमार बिडारी को बिशिस्ट आतिथ्यता रहेको थियो ।कार्यक्रममा नगरपालिका तथा वडा का अन्य जनप्रतिनीधी एबं विभिन्न राजनैतिक दलका ब्यक्तित्वहरु को उपस्थिति रहेको थियो ।

 

नगरपालिकाको वडा १ भित्र ३३४ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु रहेको मध्ये २६५ जना कार्यक्रममा उपस्थित रहेका थिए ।