
ऐतिहासिक धार्मिक तथा पौराणिक स्थल को रुपमा परिचित बौडेश्वर महादेव मन्दिर परिसर क्षेत्र निर्माण गर्न को लागि टोखा र तारकेश्वर नगरपालिकाका नगर प्रमुखहरु बीच आपसी समझदारी पत्र मा संयुक्त हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
आइतबार बिहान भएको कार्यक्रम मा दुवै नगरपालिका को सिमाना मा पर्ने श्री कृष्ण बरुणेश्वोर (बौडेश्वर) महादेव मन्दिर आसपास निर्माण गर्ने गरि दुइ करोड लागत को सहलगानीमा हस्ताक्षर भएको हो ।
दुवै नगरपालिका बाट एक-एक करोड को लगानी बाट मन्दिर परिसरमा पार्टी ,मन्दिर सम्म आउने बाटोमा सिंढी निर्माण तथा पंचमी नुहाउन को लागि स्नान कुण्ड लगाएत का भौतिक संरचना निर्माण गरिने गरि आपसी सहमति भएको छ ।
बौडेश्वर मन्दिर परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा टोखा नगरपालिका बाट नगरप्रमुख प्रकाश अधिकारी ,उप प्रमुख मुरारी तामांग, प्रशासकीय अधिकृत शेर बहादुर बि सी , र तारकेश्वर नगरपालिका बाट नगरप्रमुख कृष्णहरि महर्जन ,उप प्रमुख सिर्जना बुर्लाकोटी लगायत दुवै नगरपालिका वडाध्यक्षहरु तथा समाजसेवीहरु को उपस्थिति रहेको थियो ।
श्री स्वस्थानी पुस्तक को १२ औ अध्याय मा उल्लेख गरिएको किम्बंदन्ति अनुसार सति देवी को बायाँ स्तन पतन भएको यस ठाउ मा श्री कृष्ण ले आइ तपस्या गर्नु भयकोले यस स्थान को नाम श्री कृष्ण बरुणेश्वोर रहेको तथा पौराणिक काल मा देवता र राक्षस मिलि समुन्द्र मन्थन गर्दा मन्थन पछी हलहल बिष निस्किएको र सो बिषलाइ महादेबले सेवन गरेपछी डाहा छटपटी भै सितल ठाउ खोज्ने क्रममा यसै ठाउँ को गुफामा आइ बस्नु भएको कुरा समेत किम्बंदन्तिमा उल्लेख छ ।
स्थानीय ठाउको धार्मिक, पर्यटन बिकाश तथा प्रबर्धन गर्न को लागि समझदारि तथा सह लगानी बाट हातेमालो गर्दै कार्य गरिने कुरामा प्रतिबद्द रहेको कुरा नगर प्रमुखहरुले उदघोष गर्नु भयो ।

