Saturday, April 18

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।

सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार, एक राउण्ड गोली उनको पाखुरामा लागेको छ । ‘अहिले उहाँको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ’, उनले भने, ‘थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ, तर उहाँ खतरामुक्त हुनुहुन्छ ।’

प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ ।