Thursday, April 16

एसिया प्यासिफिक स्कुलले गर्यो वार्षिकोत्सवको उपलक्ष्यमा विशेष प्रदर्शनी

एसिया प्यासिफिक स्कुलले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा विशेष प्रदर्शनी गरेको छ । प्रदर्शनीमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका छुट्टाछुट्टै बिषयगत स्टल राखिएको थियो । प्रदर्शनीमा गणित, नेपाली, सामाजिक अध्ययन, रोवर्टिक्स, योग, भर्चुअल रियालिटी जस्ता विषयगत छुट्टाछुट्टै स्टलहरु राखिएका थिए । लोपहुन लागि सकेका र शहरी क्षेत्रमा देख्नन मुस्किल परम्परागत सामानहरु देखेर बिद्यार्थीहरु आश्चर्य र उत्साहित देखिन्थे । 

कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्रले विषयगत प्रदर्शनीको अतिरिक्त फुड स्टलको समेत जिम्मा लिएका थिए । उनीहरुले नेपालकै सयपत्री फूलबाट आइस् क्रिम बनाएका थिए । अभिभावकले बारा, चटामरी, यमरी एवं सेलरोटीको स्वाद लिएका थिए । शिक्षकले कक्षामा पढाएका विषयलाई व्यावाहारिक जीवनमा कसरी उतार्न सकिन्छ भन्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको स्कुलका प्रिन्सिपल रमेश घिमिरेले बताए ।

‘सरहरुले कक्षामा पढाएका विषय सम्भव भएसम्म प्रयोगात्मक रुपमा ल्याउनु पर्छ भन्नु हुन्छ, त्यसैलाई हामीले फलो गरेका मात्रै हौं’ कक्षा १० की छात्रा आँचल सिम्खडाले बताइन् । ग्रान्डी अस्पतालको सहयोगमा रक्तदान कार्यक्रम समेत राखिएको थियो ।

 प्रदर्शनीमा बुक स्टल एवं घोडा चढ्ने लगाएत विभिन्न खेल  समेत खेलाइएको थियो । ‘व्यावहारिक ज्ञान दिएर नागरिकको चौतर्फी उन्नतिमा लागेकोमा  विद्यालय तथा शिक्षक सबै बधाईका पात्रहुनुहुन्छ’ प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको पञ्चै बाजा र झोर बाट आएको भजन टोलीको भजन एवं लाखेनाच हेरेर कार्यक्रमको शुभारम्भ भएको थियो । 

 यस कार्यक्रमंलाइ टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले , वरिष्ठ कलाकार सन्तोष पन्त, लक्ष्मी कान्त  पौडेल, सरोज पान्डे, युवराज नेउपाने लगायत समाजसेवीले पनि अवलोकन गरेका थिए ।

अभिभावक दिवसको  नाममा नाचगान र नेताको  भाषणमात्र सुन्ने परम्परालाई अन्त्य गर्दै बिद्यार्थीको  रचनात्मक एवं सिर्जनशिल क्षमता अभिबृद्दी यस्ता कार्यक्रम बिद्यालयले गर्दै आएको र आगामी दिनमा पनि गरिरहने कुरा बिद्यालयका निर्देशक राजन अधिकारीले हरपल समाचार लाइ बताउनु भयो ।