स्थानीय तह खोप समन्वय समिति तथा सचारकर्मीहरूलाइ दादुरा रूबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा बहस-पैरबी गोष्ठि सम्पन्न भयको छ । यस कार्यक्रममा टोखा नगरपालिकाका कार्य बाहक नगर प्रमुख श्री मुरारी तामाङ ज्यूको अध्यक्षतामा तथा प्रमुख प्रशासकिय अधिकृत श्री शेर बहादुर बि.सी ज्यु प्रमुख आतिथ्यमा र टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.सुजता नगरकोटी बिशिस्ट अतिथी रहनु भयको थियो । 
भने सहभागीहरू टोखा नगरपालिकाका वडा अध्यक्षहरू नगर कार्यपालिकाका सदश्यहरू सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरू स्थानिय बाल कल्बका प्रमुख तथा प्रतिनिधीहरू र बिभिन्न मिडियाहरूबाट पत्रकार हरूको उपस्तिथी रहेको थियो।
देश ब्यापी रूपमा सचांलन हुनगइ रहेको दादुरा रूबेला खोप अभियान टोखा नगरपालिकामा २०८० फागुन महिनाको १३ गते देखी ३० गतेसम्म ९ महिना देखी १५ वर्ष सम्मका बालबालिकाहरूलाइ दादुरा रूबेला खोप लगाइने छ । टोखा नगरपालिकामा सम्पुर्ण लगभग ४९००० जना बालबालिकाहरूलाइ दादुरा रूबेला खोप लगाइने छ ।
कार्यक्रमको उदधोसक सि.अ.हे.व.अ कोस बिलास वगाले तथा स्वागत र उदेश्य जनस्वास्थ्य अधिकृत रनलाल कुलालले राख्नु भएको थियो भने खोप अभियान सम्बन्धि सम्पुर्ण जानकारी जनस्वास्थ्य निरीक्षक सन्तोष कुवँरले दिनु भयो ।
खोपमा खटिने स्वास्थ्यकर्मीहरूलाइ २०८० फागुन ०४ गते १ दिन दादुरा रूबेला खोप सम्बन्धी तालिम हुनेछ ।
वडा खोप समन्वय समितिलाइ महिला सामुदायिक स्वास्थ्य स्वोयंसेविकाहरू र बिधालयका शिक्षक शिक्षिकाहरूलाइ पनि दादुरा रूबेला खोप बारे अभिमुखीकरण गरिने छ ।

