Saturday, April 18

नेपाल स्रष्टा समाज,वागमती प्रदेश तदर्थ समितिको बिधिवत घोषणा

नेपाल स्रष्टा समाज,वागमती प्रदेश तदर्थ समितिको आयोजनामा  नेपाल स्रष्टा समाज,वागमती प्रदेश तदर्थ समितिको बिधिवत घोषणा तथा कवि सुषमा आचार्यद्वारा लिखित कबिता संग्रह अक्षरको आयतनमाथी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

निम्तो रेस्टुरेन्ट,अनामनगरमा सम्पन्न कार्यक्रममा  वागमती प्रदेश तदर्थ समितिका संयोजक श्री रबिन्द्र आशिष शैलिको सभापतित्व रहेको थियो । गीतकार हरिकृष्ण धिताल(एच.के.)द्वारा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन,बिशिष्ट अतिथिहरुमा नेपाल स्रष्टा समाजका संरक्षक तथा नियात्राकार पवन आलोक,गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा,समालोचक ज्ञानु अधिकारी,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सि.,कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली,भानु प्रतिस्ठानका कोषाध्यक्ष हरिबोल ढकाल  हुनुहुन्थ्यो ।

साथै कार्यक्रममा  नेपाल स्रष्टा समाजका अन्य पदाधिकारी तथा सदस्यहरु,वागमती प्रदेश तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु र साहित्य क्षेत्रमा बिशिष्ट स्थान हासिल गरेका साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

दुई चरणमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि रोदनले ७ सदस्यीय वागमती प्रदेश तदर्थ समितिको बिधिवत घोषणा गर्नु भएको थियो ।उक्त समितिमा रबिन्द्र आशिष शैली(काभ्रेपलान्चोक) संयोजक,हरिकृष्ण धिताल(काठमाडौ ) सचिव,सदस्यहरुमा बिष्णु थापा(काठमाडौ),सुषमा आचार्य (ललितपुर ),एलिसा ढुंगाना(काभ्रेपलान्चोक),देवराज खरेल(मकवानपुर ) र रेहित सैंजु (रामेछाप ) रहनु भएको छ  ।

दोश्रो सेसनमा कवि सुषमा  आचार्यद्वारा लिखित कवितासंग्रह अक्षरको आयतनमाथि स्रष्टा आचार्य र उपस्थित पाठकहरुविच अन्तरक्रिया सम्पन्न भएको थियो ।अन्तरक्रियापछि समालोचक ज्ञानु अधिकारीले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लब्धप्रतिस्ठित साहित्यकारहरु राधेश्याम लेकाली,देबिका तिमल्सिना , माधब बिडारी,लब खड्का,प्रतीक घिमिरे,गंगाप्रसाद भेटवाल,छबिरमण सिलवाल,सुसिला सापकोटा, मधु पाठक,सुरेन्द्र पौडेल ,भरत बमजन,मानन्धर आभागी ,राज प्रदिप सिंह,भुवन सिवाकोटी ,तुलसीहरि कोईराला ,रुद्र अधिकारी ,बिमल भौकाजि,प्रकाश घायल,डिल्लीरमण सुबेदी लगायतको उपस्थित रहेको थियो ।