Tuesday, April 14

टोखा नगरपालिकाद्वारा विष्णुमति सफाई अभियानको निरन्तरता

टोखा नगरपालिकाले  विष्णुमति सरसफाई अभियानलाइ निरन्तरता दिएको छ। चौंथो हप्तामा आज बानियाँटार पुलदेखि मनोहरतिर्थ पुलसम्मको क्षेत्रमा सरसफाई गरि  विष्णुमति सफाई अभियान लाइ  निरन्तरता दिइएको हो  ।

आजको सरसफाई अभियानमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको थियो । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखामा स्थानीय सरकारले गरेको कामकारवाहीबाट आतङ्कीत भएर प्रतिपक्ष दलले विरोधका नाममा ज्ञापनपत्र बु्झाउँदै हिँड्नुको सट्टा झण्डै बोकेर आफ्नो घर वरपर तथा विष्णुमती सफाई  अभियानमा सहभागी हुन  आग्रह गरेका छन् ।

आजको सरसफाई अभियानमा विष्णुमती खोलाको फोहोर संकलन र खोलामा निर्माण गरिएको शौचालय हटाउने कार्य सम्पन्न भएको छ ।

वातावरण संरक्षण र सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकता दिएको नगरपालिकाले टोखा ९ को खोला किनारको टहरा, सामुदायिक भवन हुँदै ९ नं. वडा कार्यालय क्षेत्रको भवन र टहरा खाली गराउन सुरु गरेको छ । साथै विष्णुमती करिडोरको   ग्राण्डी टावरको क्षेत्रमा भएका सार्वजनिक जग्गा छुट्ट्याई विष्णुमती करिडोर निर्माण कार्य अगाडी बढाएको छ । नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी सार्वजनिक जग्गामा पार्क, खानेपानी ट्यांकी र खुल्ला व्यायामशाला निर्माण गर्दै करिडोर सडक पक्की गर्न प्राथमिकता दिएको छ ।

अब  पाँचौं हप्ताको सरसफाई अभियान ग्राण्डी टावर क्षेत्रमा हुने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *