Saturday, April 18

विष्णुमति सरसफाई अभियान पाचौं हप्तामा

टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान पाचौ  हप्तामा सम्पन्न भएको छ  । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज  पनि  नगरपालिकाको ग्रान्डी टावर नजिक प्रहरी प्रभाग आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो ।

कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको छ  । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन गर्ने  संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ ।

नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।नदि नाला  स्वच्छ सफा राखी स्वच्छ सफा टोखा नगर बनाउने यो महाअभियानमा सक्रिय  सहभागीता जनाउन हुन नगरवासी तथा सम्बन्धित सबैमा  नगरपालिकाले अनुरोध समेत गरेको छ ।