
राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर कमिटिले आज बृह्त रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । आज बिहान ग्राण्डी अस्पताल नजिकै नगर समितिको कार्यालय प्राङगणमा भएको कायृक्रममा ५० जना रक्तदाताले रक्तदान गरेको नगर सभापति सुर्य प्रसाद काफ्लेले बताएका छन् ।
काफ्लेकाअनुसार हाम्रो टार्गेटअनुसार पुरा गर्न सफल भयौं । कार्यक्रममा पार्टींका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने र काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद् तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालको सहभागिता रहेको थियो ।
कार्यक्रममा रास्वपा समर्थकहरुले रक्तदान कार्यक्रममा सहभागी जनाई कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायिका तथा संगितकार तृप्ती खड्का गुरुङले रक्तदाताहरुलाई गीत गाएर सुनाउनुका साथै आफैंले रक्तदान गरेका थिए ।
रास्वपा टोखामा ५०० भन्दा बढि पार्टी सदस्य भइसकेको र ११ वटै वडामा वडा कमिटि गठन भईसकेको छ । सभापति काफ्ले भन्छन् – वडा नं. ५ मा वडा कमिटिको अधिवेशन सम्पन्न भएकाले अब वडा नं. १० को अधिवेशन छिट्टै हुनेछ । सबै वडाहरुको अधिवेशनमा नगर कमिटिले जोड दिएको छ ।
