Saturday, April 18

सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते

सिरहा –सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् ।मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी राजमार्गमा बस पल्टिएको हो ।

उदयपुर कटारी बाट मिर्चैया तर्फ आउँदै गरेको ना.३.ख ७०३४ नं.को यात्रु बाहक मिनी बसले पैदल यात्री सुभान शेखको छोरी अन्दाजी वर्ष ५ कि नाचपरि खातुनलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई बाटोको दाहिने साइडमा पल्टिन जाँदा उक्त बसमा सवार १३ जना घाइते भएको प्रहरी जनाएको छ ।

घाइतेहरुको  मनकामना अस्पताल मिर्चैयामा उपचार भई रहेको छ। ,बस चालक जिल्ला सिरहा मिर्चैया न.पा.६ बस्ने अन्दाजि वर्ष ३१ को लक्ष्मी साह फरार रहेको, प्रहरी जनाएको छ।

पैदल यात्री जिल्ला सिरहा मिर्चैया न.पा.७ फुलवरिया टोल बस्ने सुभान शेखको छोरी .वर्ष ५ की नाचपरि खातुनको टाउकोमा गम्भीर चोट लागेकाले मनकामना अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो हस्पिटल विराटनगर रेफर गरेको छ ।,

गाडीको ब्रेक नलागेर दुर्घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *