Thursday, April 16

नागरिक उड्डयन प्राधिकरण अनुसार २० वटा विमानस्थल बन्द अवस्थामा

नागरिक उड्डयन प्राधिकरण अनुसार  देशभरिका २० वटा विमानस्थल बन्द अवस्थामा रहेको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार अघिल्लो सातामात्र परीक्षण उडान गरिएको अछाम कमलबजारसहित देशभरि २० विमानस्थल अहिले बन्द छन् ।

सञ्चालनमा रहेकामध्ये पनि धेरैजसो साना आन्तरिक विमानस्थलमा नियमित उडान छैन । कतै जहाज अभाव र कतै यात्रु अभावका कारण विमानस्थल चल्न सकेका छैनन् । अहिले देशभरि ५२ आन्तरिक विमानस्थल रहेकोमा २० वटा बन्द छन् ।

प्राधिकरणका अनुसार बागलुङ, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार विमानस्थल अहिले सञ्चालनमा छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *