Wednesday, April 22

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी पुस ५ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *