Wednesday, April 22

अत्यधिक चिसो र शीतलहर बढेपछि नगरपालिकाद्वारा दाउरा वितरण

अत्यधिक चिसो र शीतलहर बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्यले बताउनुभयो ।

उहॉले कोहलपुरको मुख्य चौराह, साझाचोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चपरगौरीलगायतका मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकमा दाउरा वितरण सुरु गरिएको बताउनुभयो । उहॉका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्टा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको हो ।

‘कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउन आगो ताप्ने व्यवस्था मिलाउन थालेको मेयर आचार्यले भन्नुभयो– ‘यो वर्ष पनि दाउरा खरिद गरेर चोक–चोकमा नगर प्रहरीलाई खटाएर आगो ताप्ने व्यवस्था मिलाइरहेको छ ।’

चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरुले बढी कष्ट सहनुपरेको छ । केही दिनदेखि बढेको अत्यधिक चिसोले यहॉको जनजीवन कष्टकर बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *