
६ माघ , काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको मेयर कार्यकक्षमा सम्पन्न भएको कार्यक्रममा अपाङ्गतामा विशेष गरी AUTISM भएका २४ बालबालिकाहरुको स्वास्थ्य परिक्षण भएको थियो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी,नगर अस्पताल निर्देशक डा. शुधांशु झा, डा. कौशल अधिकारी, महिला बालबालिका तथा समाजिक समावेशीकरण माहाशाखा प्रमुख पुष्पा बमको उपस्थिति रहेको थियो ।
बालबालिकाहरुको अवस्थाबारे अभिभावकहरु सँग भएको विशेष अन्तरक्रिया तथा छलफलमा ६५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

